A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiontpj39qm0ar4spurt163e0tbl4pbvp4mh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकामाथि बलात्कार प्रयास : एक पुरुष पक्राउ

https://annapurnapost.com/news/187522 १६ असोज २०७८

विराटनगर : ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने एक जना पुरुष शनिबार बिहान विराटनगरबाट पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा कोइरालाले भदौ २२ गते दिउँसो छिमेकी बालिकामाथि बलात्कारको प्रयास गरेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कोठाभित्र लगेर जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको खुलेको छ। ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत हुनबाट जोगिएको पत्ता लागेको प्रहरीको भनाइ छ। 

घटना कसैलाई पनि नसुनाउनू भनेर कोइरालाले धम्कीसमेत दिएका कारण बालिकाले घटना सार्वजनिक नगरेको पाइएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार घटनापछि बालिकाले एकोहोरो भइरहने, बोल्न मन नगर्ने तथा परिवर्तित व्यवहार देखाउने गर्न थालेकाले अभिभावकले सोधिखोजी गरेका रहेछन्। त्यस क्रममा आफूमाथि छिमेकीले जबरजस्ती गर्न खोजेको जानकारी बालिकाले दिएपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ। 

घटना सार्वजनिक भएलगत्तै अभिभावक र छिमेकीले नियन्त्रणमा लिएर कोइरालालाई प्रहरीको जिम्मा लगाएका हुन्। उनले घटना स्वीकार नगरेको प्रहरीको भनाइ छ। पक्राउ परेका कोइरालाविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: