A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह हटाउन धामीझाँक्री सक्रिय

बैतडीको पाटन नगरपालिका ६ का हरिप्रसाद जोशी हिजोआज निकै व्यस्त देखिन्छन् । पहिला–पहिला स्थानीयको घरमा धामी काँप्नका लागि पुग्ने उनी अहिले भने सचेतना जगाउन सक्रिय भएका छन् । समाजमा रहेका अन्धविश्वास र कुरीति हटाउन धामीहरू समूह नै बनाएर सक्रिय भएका हुन् । धामी समूह बनाएर जिल्लाका दश वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको समूहका अध्यक्ष हरिप्रसाद जोशीले बताए । ‘बालविवाहका कारण समग्र समाज नै पछि परेको र यसको न्यूनीकरणका लागि समाजमा रहेका धामीहरू एक भएका हौं । अन्धविश्वास र धार्मिक मान्यताका कारण छोरीहरूको सानै उमेरमा विवाह हुने गरेको छ । तर, धर्ममा सानो उमेरमा विवाह गर्ने कुरा कहीँ कतै नलेखिएको बताउन हामीले अभियान सञ्चालन गरेका हौं ।’ जोशीले भने, ‘समाजमा रहेको बालविवाह न्यूनीकरणका लागि धामी, पण्डित र ज्योतिषहरू सक्रिय भएका छौं ।

बिरामी भएपछि देवीदेवता र धामीकहाँ गएर सोध्ने चलन रहेकाले बिरामी भएकाहरूलाई अस्पतालसम्म पु¥याउने सुझाव अहिले धामीहरूले दिइरहेका छन् । ‘हामीले सञ्चालन गरेको अभियानले समाजमा प्रभाव पार्ने भएकाले समूह गठन गरेरै सबै ठाउँमा धामीहरूलाई प्रशिक्षित पनि गरिरहेका छौं । यसका साथै समाजमा रहेको अन्धविश्वास हटाउन पनि लागिपरेका छौं ।’ उक्त धामी समूहका सचिव भानदेव भट्टले भने, ‘बालविवाह रोक्न सके मात्रै हाम्रो समाज उन्नतितिर जानेछ । समाजलाई उन्नतिको दिशामा लैजान हामी प्रयत्नशील छौं ।’‘जिल्लाका दश वटै स्थानीय तहमा अन्तक्र्रियाको आयोजना गरी धार्मिक अभियन्ताहरूको तर्फबाट बालविवाह न्यूनीकरणका लागि सक्रिय भएको सन्देश हामीले दिइरहेका छौं ।’ अध्यक्ष जोशीले भने, ‘हाम्रो अभियानमा सबैको सहयोग भयो भने छिट्टै बालविवाह न्यूनीकरण हुनेछ ।’छोरीको सानै उमेरमा विवाह गरे पुण्य कमाइने गलत मान्यता छ । सोही अन्धविश्वासलाई हटाउन बालविवाह न्यूनीकरणको अभियानमा लागेको धामी समूहका सचिव भट्टले बताए । उनले भने, ‘हिन्दु धर्ममा नारीको पूजा हुने ठाउँमा देवताको बास हुन्छ भन्ने लेखिएको छ । महिला आत्मनिर्भर, सक्षम भए आफैं सम्मानित स्थानमा पुग्छन् । यसका लागि उनीहरूलाई शिक्षा दिनुपर्छ । बालविवाहजस्ता कुप्रथा अन्त्य हुनुपर्छ ।’
जिल्लामा बालविवाहकै कारण महिलाहरूले धेरै किसिमका हिंसा खेप्नु परेकाले यस्ता हिंसाको न्यूनीकरणका लागि धामी समूहको प्रयास सार्थक हुने महिला विकास अधिकृत अनिता बुढा ऐरले बताइन् । ‘बालविवाह एक सामाजिक समस्याको रूपमा रहेको छ । यसको न्यूनीकरणका लागि बहुक्षेत्रीय सहयोग आवश्यक छ ।’ उनले भनिन्, ‘जिल्लामा हुने बालविवाह न्यूनीकरण अभियानमा धामी समूहको सक्रियताले सहयोग पुग्नेछ । यसले छोरीहरूको शिक्षामा समेत पहुँच पुग्नेछ ।’धामी, पण्डित र ज्योतिषहरू समाजका प्रतिष्ठित व्यक्ति भएकाले उनीहरूले भनेका कुरा समाजले मान्ने गरेको सिगास माविका शिक्षक लवदेव अवस्थीले बताए । उनले भने, ‘धामीहरूले बालविवाह गर्नु हुँदैन भनेर सिकाउँदा यसको समाजमा सकारात्मक प्रभाव पर्छ । जसले गर्दा बालविवाह न्यूनीकरणमा सहयोग पुग्छ ।’जिल्लामा बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना तयार पारिएको र सोही योजनाअनुसार विभिन्न कार्यक्रम सञ्चालन भइरहेका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । उनले भने, ‘बालविवाहजस्ता हानिकारक प्रचलनको अन्त्यका लागि समाजका सबै नागरिक सक्रिय हुनुपर्छ । पहिलाको तुलानामा बालविवाह केही कम भए पनि अपेक्षाकृत रूपमा भने कम भएको छैन ।’बालविवाह गराएमा हुने कानुनी कारबाहीका बारेमा नागरिकलाई जानकारी नभएको र बालविवाह विरुद्धको कानुनको बारेमा समेत जानकारी दिने गरिएको धामी समूहका सचिव भट्टले बताए । उनले भने, ‘समाजमा कानुनी सचेतना फैलाउनु पनि आवश्यक छ । त्यसैले हामीले बालविवाह गरेमा हुने सामाजिक, आर्थिक, स्वास्थ्य समस्याका बारेमा जानकारी गराइरहेका छौं ।’

२०७४ पुस २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: