A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8cj0b3au1lk9g47imafhcvjh9uv9103q): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१० छात्रछात्राले गरे दाइजो नलिई विवाह गर्ने अठोट

तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ ।

तर पर्साको सुखचैना स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्राहरुले भने दाइजो लेनदेन नगरी विवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।विद्यालयमा मंगलबार दाइजो एवं सामाजिक कुरीति विरुद्ध जनचेतनामुलक कार्यक्रम गरेपछि विद्यार्थीहरुले सामूहिक रुपमा दाइजो लिने दिनेसँग विवाह गर्ने बताएका हुन् ।मंगलबार विद्यालयमा अध्ययनरत वीरगञ्ज सुखचैनाकी आशा कुमारी मण्डल, परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरकीको आरति कुमारी साह, सुधा कुमारी साह, आकृति पटेल, राधिका पटेल, जास्मिन खातुन, विकास शर्मा, राज किशोर पटेल, जितेन्द्र कुमार पटेल र अनुप कुमार साहले सामुहिक र सार्वजनिक रुपमा दाइजो नलिने र नदिने प्रतिबद्धता जनाए ।कक्षा ८, ९ र १० मा अध्ययनरत १० जना छात्र छात्राहरुले दाइजो दिने र लिनेसँग विवाह नगर्ने प्रतिबद्धता जनाएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । ‘ हामीले विद्यालयमा तराई मधेसको समाजमा जकडिएको दाइजो, बाल विवाह र तराई मधेसको समाजमा रहेका विभिन्न कुरीतिहरु र त्यसले समाजमा पारिरहेको असरको बारेमा जानकारी गरायौं’ उनले भने, ‘त्यसपछि विद्यालयका १० जना छात्रछात्राहरुले स्वतः स्फूर्त रुपमा दाइजो लेनदेन नगरी विवाह गर्ने प्रतिबद्धता जनाए ।’दाइजो एवं सामाजिक कुरिति जागरण मञ्चले बालबिबाह, दाइजो तथा सामाजिक कुरिति विरुद्धको अभियान सञ्चालन गर्दै आएको छ ।

२०७४ मंसिर २६ गते २०:३९ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: