A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल विवाहले बढायो ‘बहुविवाह’

बागलुङको तमानखोला गाउँपालिका-१ का १३ वर्षीया सुनिता गोतामेले तमान २ सिलगुमका किसान बिकसँग कक्षा ५ मा पढ्दा पढ्दै बिहे गरिन् । तर, बिहे गरेको तिन बर्षमै श्रीमानले दोस्रो बिहे गरे पछि हालै तिन लाख रुपैयाँमा सम्वन्ध बिच्छेद गरिन् । आफ्नै फुपुले बुर्तिबाङ बजार जाम् भनेर फकाई फुलाई ल्याएर बिहे गराई दिए पछि उनको रङ्गिन सपनाको यात्रामा पूर्णबिराम लाग्यो नै । अब भविष्य कस्तो होला भन्ने द्धिविधार चिन्ता पनि उत्तिकै थपिएको उनको हाउभाउबाट प्रष्ट देखिन्थ्यो । ‘बिहे, जिवन भन्ने केही थाहा थिएन, त्यस्तो बेलामा फकाई फुलाई जर्बजस्ती बिहे गरिदिए,’ अहिले माइतमा बस्दै आएकी उनले रुदै भनिन्, ‘छिटो बिहे गर्नाले रहर सपना सबै सकिए, अब यिनै बा आमा सँग दुखजिलो गरेर बाँच्छु, जिन्दगी जाने कुरामा खेलवाड गर्न नहुने रहेछ ।’तमानखोला गाउँपालिका ५ खुङ्खानीका नरमा सिर्पालीको व्यथा पनि उस्तै कहाली लाग्दो छ । गाउँकै आफन्त माग्न आए पछि पुग नपुग १४ बर्षको हुँदा बाबु कालिमान गोतामेले बचन छोडिदिए(‘छोरीलाई मनाउनु लैजानु ।’ कक्षा २ पढ्दै गर्दा आमाको अल्पायुमै निधन भए पछि पढाइ छोडेकी नरमालाई बुवाकै बचनलाई आधार बनाएर खुङ्खानीकै कोपिल सिर्पाली सँग बिहे गराई दिए । बिहे त भयो तर अहिले सासु ससुराको दैनिक गालीगलौज, श्रीमानको बेवास्ता र दूव्र्यवहार सहन नसकेर माइतीमा बस्दै आएकी छिन् । यस क्रममा श्रीमानले हालै काठमाण्डौं तिरबाट अर्को बिहे गरेर आएको थाहा पाए पछि नरमा थप बिक्षिप्त बनेकी छिन् । ‘सानैमा टुहुरी भएकीले घरमा बोझ जस्तो ठानेर जर्बजस्ती बिहे गरिदिए,’ उनले थपिन्, ‘अहिले माइतीमा बस्दा दुनियाको कुरा सुन्नु परेको छ, सबैबाट घृणा र दूव्र्यवहार सहनुपरेको छ, उमेर परिपक्व भएर बिहे गरेको भए सम्भवतः यस्तो नियति भोग्नु पर्थेन कि भन्ने बल्ल लागेको छ,’ उनले भनिन् ।

उमेरले १६ बर्ष पुगेकी खुङ्खानीकै माया सिर्पाली सानै उमेरमा अवैध गर्भको शिकार बनिन् । आमा बुवा गोठ जानुपर्ने बाध्यताका बिच घरमा कोही नभएका बेला गाउँकै मदन सिर्पाली सँग भएको अवैध सम्बन्धले निकै तनाव बेहोर्नुपर्योा । ‘धेरै महिना सम्म त जर्बजस्त लुकाएर राखे, कसैलाई भनिन,’ मायाले भनिन्, ‘यस्तो समय आयो, जतिबेला ९ महिनाको अवस्थामा मैले नभने पनि दुनियाँले थाहा पाउने भए, त्यसैले मेरो पेटमा मदनको गर्भ छ भने पछि गाउँलेले दुवैको बिहे त गराई दिए । तर त्यो दिगो हुन सकेन । आफ्नो छोरा र परिवारको इज्जतमा समेत दाग लगाएको भन्दै मायालाई दैनिकजसो परिवारबाट मानसिक यातना आउन थाल्यो । ‘बिहेको १७ दिन सम्म त सहेरै बसे, घर छोडेर आएको कहाँ जाने रु जाने ठाउँ थिएन, मर्न पनि सकिन,’ २ बर्षकी छोरी मुस्कानलाई मुर्सार्दै भनिन् ‘यही बच्चाको मुख हेरेर फेरी माइत आएर बसेकी छु, श्रीमानले पनि राम्रो व्यवहार नगर्दा पीडामा छु ।’जिल्लाको दुर्गम र पिछडिएको यस क्षेत्रमा बाल बिवाह र यसले निम्ताएको बहुबिवाह लगायतका समस्या बग्रेल्ती छन् । तमानखोला गाउँपालिकाको खुङ्खानी, स्याउला लगायतका गाउँमा बाल बिवाह अझै पनि बिद्यमान छ । ‘अशिक्षा, चेतनाको अभाव, आर्थिक बिपन्नता लगायतका कारण बाल बिवाह अहिले पनि उस्तै गतिमा भइरहेको छ,’ स्थानीय सुर्य सिर्पालीले भने, ‘बाल बिवाह यहाँ स्वभाविक रुपमा लिइन्छ, जसले बहुबिवाहलाई समेत प्र श्रय दिएको छ । तर पनि यसलाई रोक्न कुनै पनि निकाय, सघं संस्थाबाट अहिले सम्म यथोचित पहल हुन सकेको छैन ।’तमानखोला गाउँपालिकाले अहिले गाउँपालिकामा बाल बिवाह सामाजिक बिकृतिको रुपमा रहेको ठहर गर्दै नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको बताएको छ । ‘हामी नयाँ संघिय अभ्यासका क्रममा गाउँपालिकामा रुपान्तरित भए पछि यहाँ बालबिवाहको समस्या चरम रुपमा रहेको पाइयो,’ तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत खिमबहादुर बिकले भने, ‘यही समस्यालाई बोध गरेर बालबिवाह र यस सँगै देखिएको बहुबिवाह रोक्न चेतनामूलक कार्यक्रमरअभियान सञ्चालनका लागि बजेट बिनियोजन गरिसकेका छौ ।’ बाल बिवाह ब्याप्त भए पनि यस बारेमा प्रहरीमा कुनै उजुरी मुद्धा अहिले सम्म नआएको बुङ्गादोभान प्रहरी चौकीले जनाएको छ । तमानखोला गाउँपालिकाको कार्यालयमा पनि अहिले सम्म यसबारेमा कुनै उजुरी नआएको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मानसरी शेरचनले बताइन् । ‘हामीले पनि गाउँघरमा बाल बिवाह हुने गरेको देखेका छौ, ’ उनले भनिन्, ‘यसबारेमा कानुनी रुपमा पनि हामीलाई स्पष्ट निर्देशन आइसकेको अवस्था छैन, यसबारेमा उजुरी आए बालबिवाह नियन्त्रण गर्ने गरि कानुन सम्मत हिसावले अघि बढ्छौ ।

‘बाल बिवाह,बहु बिवाह गाउँपालिकाको ठुलो सामाजिक समस्याको रुपमा देखिएको र यो कानुनी हिसावले मात्र समाधान हुने नदेखिएकाले अहिले जागरणमुलक कार्यक्रम गरेर नियन्त्रणका लागि प्रयास शुरु गरेको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए । ‘यहाँ बिद्यमान बाल बिवाह, बहुबिवाहको समस्या कानुनी रुपबाट मात्रै नियन्त्रण गर्न सम्भव छैन, सामाजिक रुपमा पनि सचेतना, शिक्षा र यस सम्वन्धि कार्यक्रमलाई प्रभावकारी रुपले बालबालिका र तिनका अभिभावक समक्ष पुर्या,उदैछौ ।’ बाल बिवाह रोक्नका लागि आँफुहरु उमेर नपुगेका जोडीको बिवाहमा नजाने गरेको गाउँपालिका प्रमुख बुढाले बताए । प्रत्यक्ष तथा अप्रत्यक्ष हिसावले स्थानीय शिक्षक, सामाजिक अगुवा, अभिभावकहरु समेत बालबिवाहमा सरिक भएको पाइएकाले वडा तह सम्म बाल बिवाह भएको अवस्था नजाने र यस्तो बिवाहलाई निरुत्साहित गर्न ठोस कार्यक्रम समेत तय गर्ने उनले प्रतिवद्धता जनाए ।

२०७४ पुस २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: