A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झाडापखाला लागेका १४ महिने बालकलाई बोक्सी लागेको भन्दै फलाम तताएर हानेपछी

पाँचथरको ओयाममा झाडापखाला लागेको १४ महिने एक वालकलाई स्थानीय विजुवाहरुले वोक्सी लागेको भन्दै ढुंगा र फाली तताएर डाम्दा बालक गम्भिर घाइते भएका छन् । ओयाम १ का धनवहादुर राई र उर्मिला राईका १४ महिने छोरा दिप्सन राईलाई स्थानीय विजुवाहरु सुकवहादुर र तिलवहादुर राईले बोक्सी लागेको भन्दै गत वर्ष पुष २४ गते साँझ ढुंगा र फाली तताएर डामेका थिए । यसरी वालकको देव्रे तिघ्रामा तातो फलाम र ढुंगाले डामेपछि घाऊ दिनप्रतिदिन वढ्नुका साथै पाकेर गन्हाउन थाल्दासम्म पनि उपचाराका लागि अस्पताल ल्याइएको छैन । ग्रामिण क्षेत्रमा अझैसम्म धाँमी झाँक्रीको विश्वास कायम रहनुका साथै अविभावकको पहुँच नहुँदा घटना सार्वजनिक नभएको हो । “सामान्य अवस्थाका अविभावकले घट्ना सार्वजनिक गर्दा धामीझाँकी रिसाएर पुन पर्दा चिन्ता नगरिदिएलान भनेर गुपचुप वसेछन । ओयाम १ का वडा नागरिक मञ्चमा वैठक बस्दा ११ दिनपछि  मात्रै घटना सार्वजनिक भयो र बच्चालाई झाडापखाला लागेको र स्थानीय विजुवाहरुले भने बोक्सी लागेको भन्दै डामेको कुरा स्थानीयवासीबाट खुल्न आएको थियो । लामो समयसम्मे उपचार नगरिँदा घाउ वढ्दै जानुका साथै पाकेर गन्हाउन थालेको छ । घटनाबारे बालअधिकारकर्मीहरु भने अनविज्ञ नै रहेको बताएका छन् आजसम्म पनि बालकलाई अस्पताल ल्याउने तयारी गरिएको छन । धामी झाँक्रीको विश्वास गर्ने परिपाटीका कारण वालकको अवस्था झन गम्भिर बन्दै गएको छ । 

२०७४ मङ्सिर २८ गते प्रकाशित  

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: