A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3if9g0kngcntr76599jhvoegar14snk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जुम्रा मार्न टाउकोमा विषादी हाल्दा बालिकाको मृत्यु

जुम्रा मार्न टाउकोमा हालिएको विषादीका कारण खोटाङमा एक बालिकाको मृत्यु भएको छ । जुम्रा मार्नका लागि टाउकामा हालिएको ब्लुम मेटासिट नामक विषादीका कारण रुपाकोट मझुवागढी नगरपालिका–१५ बुइपाकी ७ वर्षीय सुनिता बास्तोलाको मृत्यु भएको हो । 

जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा बालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । गम्भीर बिरामी परेकी बालिकाको काठ्माडौं लैजानेक्रममा सिन्धुलीको खुर्कोटमा मृत्यु भएको हो । उनको विषादीको प्रतिक्रियाका कारण मृत्यु भएको बताइएको छ । जुम्रा मार्न टाउकामा विषादी हालिएपछि बिरामी परेकी मृतककी दिदी भावना बास्तोलाको कान्ती बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ । टाउकामा विषादी हालिएपछि दिदीबहिनी सेतो छाडिरहेको अवस्थामा पुगेकी थिइन् । दुई बालिकाको जुम्रा मार्नका लागि शनिबार राति बालिकाको कपालमा विषादी हालिएको थियो । मुखमा विषादी झर्न नदिनका लागि विषादी हालेर कपाल बाँधेर बालिकालाई सुताइएको थियो । बिहान अबेरसम्म पनि सुतेकेको सुत्यै गरेपछि मात्र अभिभाबकले विषादिको अशरले बालिका बिरामी परेको थाहा पाएका स्थानीयले बताएका छन् । 

२०७४ मङ्सिर २५ गते २१ : ४१ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: