A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionis022o5urnffk1mt2mk5fhcfcfmvlbga): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् । सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल, कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन्। सरकारले अनिच्छित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विवाहित मात्र होइन अविवाहित जोडीले गर्भपतन गर्ने सहजतालाई जथाभावी प्रयोग गरिरहेको पाइएकोे छ। अहिले परिस्थिति यति डरलाग्दो बनिसकेको छ कि गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरीहरू छन्। जनस्वास्थ्य कार्यालय काठमाडौँको आव २०७३/७४ को तथ्याँक अनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए जसमध्ये २० वर्षमुनिका किशोरीको संख्या तीन हजारभन्दा बढी छ। वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा अचला वैद्यले किशोरकिशोरीलाई यौन शिक्षा विद्यालय तहबाटै दिनुपर्ने खाँचो औँल्याउँछन्। विपरीत लिङगी साथी बनाउने र शारिरीक सम्बन्धलाई मनोरजञ्जको रुपमा लिने गलत प्रवृतिका कारण गर्भपतनले डरलाग्दो रुप लिइरहेको उनी बताउँछन्। जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अहिले विद्यालय महाविद्यालयका किशोरकिशोरीले शारिरीक सम्बन्धलाई निकै सहज रुपमा लिने गर्दा र सुरक्षा नअपनाउँदा यसको असर विकराल बन्दै गएको बताउँछन्। उनले भने– “बिहे गर्न बीस वर्ष उमेर तोकिएकाले त्यस अघि शारिरीक सम्बन्ध पनि राख्न हुन्न भन्न खोजिएको हो तर समय धेरै अघि बढिसकेको छ। अहिले यौन सम्बन्धलाई सहज रुपमा लिने र मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरेका कारण धेरै गर्भ फाल्दा किशोरीको प्रजनन् क्षमतामा ह्रास आउने खतरा बढेको छ।” भर्खरै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि गर्भपतन परिवार नियोजनको विकल्पको रुपमा विकास भइरहेको पुष्टि गरेको थियो। सो सर्वेक्षणले नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनको रुपमा प्रयोग हुँदै आएको तथ्याँकले देखाएको छ। अघिल्लो वर्षपनि गर्भपतन गराएकामध्ये २५ प्रतिशतभन्दा बढी २० वर्षमुनिका किशोरीले गर्भपतन गराउने गरेको पाइएको थियो। कानुनी रुपमा १२ हप्तासम्मको गर्भ महिलाले चाहेमा पतन गराउन सक्ने प्रावधान छ । विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भ पतन गराउन मिल्ने सरकारले बाटो खुला गरेको छ। 

काठमाडौँमा गर्भपतन गराउने महिलाको संख्या वार्षिक १५ हजार भन्दा बढी रहेको जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्याँक छ। जनस्वास्थ्य कार्यालयमा २०७१/७२ मा काठमाडौँमा १३ हजार ६०९ जनाले गर्भपतन गराएका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्याँक अधिकृत पुष्कर बिजुक्छेले दिनुभएको जानकारी अनुसार आव २०७२/७३ मा १५ हजार ५०३ जनाले गर्भपतन गराएको तथ्याँक छ। त्यसमा करिब २४ प्रतिशत २० वर्षमुनि छन्। चिकित्सकको बुझाइमा काठमाडौँमा बीस वर्षमुनिका किशोरीहरुमा गर्भपतनको संख्या बढ्नुमा असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु हो। गर्भपतन गराउन आउने अधिकांश किशोरीले औषधि सेवनको विधि रोज्ने गरेका छन् । काठमाडौँमा औषधि खाएर गर्भपतन गराउने किशोरीको संख्या पनि कूल गर्भपतनको आधाआधी हुने अनुमान गरिएको छ । दश साता नाघेको गर्भपतन गराउन औषधि सेवन भरपर्दो नहुने भएकाले आधाजसो किशोरीले चिकित्सकको सल्लाहमा शल्यक्रिया मार्फत गर्भपतन गराउने गरेका छन्। 

२०७४ मङ्सिर २२ गते , १२ : ४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: