A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहे रोक्न पञ्चेबाजा

मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने  होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन्। मल्लरानी गाउँपालिका अन्तरगतको ३ नम्बर वडा आज जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा भएको छ । सुरुवाती समयदेखि बालविवाह बढी हुने धरमपानी क्षेत्र अहिले भने जिल्लाकै नमुना बनेको छ बालविवाहमुक्त वडा घोषणा गरेर । जिल्लामै बालविवाहले विकराल रुप लिइरहेका बेला यहाँको मल्लरानी गाउँपालिकाको वडा नम्बर ३ मा भने बालविवाहमुक्त वडा घोषणा भएको छ ।

जिल्लाकै सबैभन्दा धेरै बालविवाह हुने वडाको रुपमा रहेको मल्लरानी गाउँपालिका अन्तरगतको धरमपानीलाई शनिबार एक कार्यक्रमको आयोजनागरी जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । २०७० सालबाट बालविवाहमुक्त वडा बनाउने कार्यमा लागेको साविकको धरमपानी गाविस चार वर्षपछि सफल भएको छ । २०१५ सालमा ६० प्रतिशत बालविवाह रहेको धरमपानी गाविस लगातार बालबालिकाको क्षेत्रमा सफल बन्दै अहिले भने जिल्लाकै सबैभन्दा कम बालविवाह हुने गाविसमा परेको छ।  दुई वर्ष पहिले ६० प्रतिशत बालविवाह भएको धरमपानी गाविस २०१६ मा भने त्यो संख्या घटेर ५३ प्रतिशतमा झर्यो्। अहिले यहाँको बालविवाह ९ दशमलव ५ प्रतिशत छ । ४५ प्रतिशत बालविवाह प्युठानको अहिलेको तथ्याङ्कमा छ । मल्लरानी– ३, मुन्डाडाका खोमबहादुर घर्तीमगर सबैलाई आपूm परिपक्व भएपछि र आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्न सुझाए। बालविवाहको रोकथामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्रयास नभएको भने होइन । प्युठानमा बालविवाह रोक्नका लागि अहिले सेभ द चिल्डे«न, कालिका विकास केन्द्रलगायतका संस्था लागिपरेका छन् । विद्यालय स्तरदेखि बालक्लब र समाजमा बालविवाहका विषयमा जानकारी  दिँदै हिँडेका संघसंस्था अहिले केही हदमा भए पनि सफल भएका छन् । सन् २०२२ सम्म प्युठानलाई बालविवाहमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य छ । पुस ५ गते स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ५ पनि बालविवाहमुक्त वडा घोषणा हुँदै आएको छ।

२०७४ पुस २ गते २० : १० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: