A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सिरहामा ७ जना युवकद्वारा १५ वर्षकी बालिकाको सामुहिक बलात्कार

सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्मदिन पार्टीको बाहानामा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कात्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट बोलाएर भोटिया टोलमा सामूहिक बलात्कार भएको हो। सिरहाको लक्ष्मीपुर पतारीकी युवती र सिसवनीकी बालिकालाई भोटिया टोलस्थित घरमा ल्याएर सात जनाको समुहले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। सामान्य चिनजान रहेका बालिका र युवतीलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुवै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि सामुहिक बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्यसको केही समयपछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समुहले सामुहिक बलात्कार गरेको हो। इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले सामूहिक बलात्कारमा संलग्न भई फरार रहेकाहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ। सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

२०७५ कार्तिक २५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: