समाचारमा बालबालिका

कञ्चनपुरमा भ्यानले किचेर ५ वर्षीया बालिकाको मृत्यु

म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ।झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।बालिकाकी आमाले म्याजिक चालकलाई भाडाबापतको रकम दिँदै गर्दा बालिका भ्यानको अगाडि आउँदा चालकले असावधानीपूर्वक गाडी चलाएपछि किचिएको बताइएको छ। बालिकाको शव परीक्षणका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको छ।

२०७५ कार्तिक २६ गते प्रकाशित