A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारपछि १३ वर्षीया बालिकाको हत्या : पक्राउ परेका ६ जनामध्ये ४ जना छुटे

उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका ६ जनामध्ये प्रहरीले ४ जनालाई छाडेको छ। अनुसन्धानकाक्रममा उनीहरुको संम्लग्नता नदेखिएपछि प्रहरीले आवश्यक परेको बेलामा पुनः उपस्थिति हुने गरी छाडेको हो। घटनामा संम्लग्न रहेको आंशकामा प्रहरीले दुई बालकलाई भने हिरासतमै राखी अनुसन्धान प्रकृयालाई निरन्तरता दिएको छ। सोमबार पक्राउ परेका १७ वर्षीय बालक र मंगलबार बिहान पक्राउ परेका १५ वर्षीय बालकलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। उनले भने, ‘हामी घटनाका अपराधी नजिक पुगिसकेका छौ, छिट्टै एकिन गरि सार्वजनिक गर्छौ। एसपी राईले पक्राउ परेका ६ जना मध्ये ४ जनाको त्यस्तो केहि नदेखिएको र स्थानीय २ जनाको गतिविधि शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको बताए। उनले पोष्मार्टम रिर्पोट आएलगत्तै घटना सार्वजनिक गरिने बताए। बालिकाको मंगलबार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ।

पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले स्थानीय १५ वर्षीय बालकलाई मंगलबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो। तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले घटनाको सुक्ष्मरुपले अध्ययन गरेको थियो।  घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। खोल्सामा बलात्कार गरेर हत्या गरेपछि शव सडक नजिक ल्याएर फालेको हुन सक्ने अनुमान छ। प्रकृति हेर्दा बलात्कार गरेपछि पहिचान खुल्ने त्रासले समुहगतरुपमा बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयको दावी छ।मुखमा नेप्किन (हात पुछ्ने कागज) हालेर बोल्न बन्द गरिएको, मलद्वार च्यातिएको, योनीस्थल सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेको, घाउ देखिएकाले बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ।गत शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खडकाकी छोरी आइतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् । साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव फेला पारेको एसपी राईले जानकारी दिए । जनता मावि लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी एल्जिना शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गएकी थिइन् ।

२०७५ कार्तिक २८ गते ८:०५ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: