A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionc5683cuolu7l7nrt6opqam75q8u5mhko): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एक विद्यालय एक नर्स, यस्तो हुनेछ नर्सको जिम्मेवारी

प्रदेश ३ सरकारले सामुदायिक विद्यालयमा ुएक विद्यालय एक नर्सु कार्यक्रम सुरु गरेको छ। जसअनुसार पहिलो चरणमा विद्यालय छनोट गरी नर्स छनोट प्रक्रिया सुरु भएको छ। विद्यार्थीहरु बिरामी हुँदा विद्यालयमै उपचार गराउने लक्ष्यको साथ एक विद्यालय एक नर्स कार्याक्रम सञ्चालन हुन लागेको हो। प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा १३ जिल्लाका २० विद्यालयमा नर्स छनोट प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्री युवराज दुलालले जनाए। २० विद्यालयमध्ये सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाभित्रको कृष्णरत्न मावि र भीमेश्वर मावि छनौटमा परेका छन्। यी दुवै विद्यालय सामाजिक विकास मन्त्री दुलालको चुनावी क्षेत्रमा पर्छन्। ‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिको आर्थिक अवस्था कमजोर भएकै कारणले विद्यालयमा विभिन्न खालका समस्या सिर्जना हुने गरेको छ,ु मन्त्री दुलालले भने, ुत्यसलाई नै अन्त्य गर्न यस्तो योजनालाई प्राथामिकताको साथ अगाडि बढाईएको हो। सोहीअनुरुप पहिलो चरणमा नर्स छनोटका लागि सूचना प्रकाशित गरी काम अघि बढाइसकेको मन्त्री दुलालले बताए।

छनोटमा परेका विद्यालय

पाइलट प्रोजेटको रुपमा सिन्धुलीको जनज्योति मावि फोस्रेटार, रसुवाको कालिका हिमालयन मावि कालिकास्थान, रामेछापको मन्थली मावि मन्थली, नुवाकोटको विन्दुकेशर मावि, तुक्सार ९मेघान० र त्रिभुवन मावि त्रिशुली छन्। मकवानपुरको महेन्द्र मावि बकैया, आधुनिक मावि हेटौँडा, ललितपुरको आदर्शसोल मावि, त्रिपद्म विद्याश्रम मावि, पार्वती मावि ढुंगखर्क काभ्रेपलाञ्चोक, काठमाडौंस्थित जनसेवा मावि, पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि भरतपुर, दुर्गाशेषकान्त अधिकारी मावि भरतपुर, धादिङस्थित नीलकण्ठ मावि धादिङबेसी, मावि बेनिघाट र बागीश्वरी मावि भक्तपुर छनोट भएको छ। प्रदेश ३ मा एक हजार ३४१ सामुदायिक माध्यमिक विद्यालय छन्।

एक करोड विनियोजन

यस योजनाको लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। कार्यक्रम सञ्चालन भएका विद्यालयमा स्वास्थ्य उपचारका लागि चाहिने सम्पूर्ण औषधि र उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनेछ। ‘अहिले हामीले स्थानीय तहसँगको सहकार्यमा सुरु गरेका छौं,ु मन्त्री दुलाले भने, ‘आगामी आर्थिक वर्षबाट स्थानीय तहमा बजेट पठाएर स्थानीयले आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्ने योजना मन्त्रालयले अघि सारेको छ।’ प्रदेशका सबै सामुदायिक विद्यालयमा कार्यक्रम पुर्‍याउने लक्ष्यका साथ मन्त्रालय लागिपरेको बताइएको छ।

नर्सको जिम्मेवारी

अहिले देशभरका विद्यालयमा प्राथमिक उपचारबाहेक स्वास्थ्यका अन्य सेवा उपलब्ध छैन। यो योजना लागू भएका विद्यालयमा नर्सले प्रत्येक दिन बालबालिबाको अवस्थाबारे जाँचबुझ, स्वास्थ्य रहन गरिने कार्यबारे जानकारी दिने, व्यवहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंकफुड प्रयोग निषेध गर्ने, घर तथा विद्यालयमा कसरी स्वस्थ्य खानेकुरा बनाइन्छ भन्नेबारे जानकारी गराउने छन्। महिलाको प्रजनन् अवस्था र समयअनुसार शारीरिक अवस्थामा आउने परिवर्तनबारे समेत नर्सले विद्यालयमा सहजीकरण गर्नेछन्। नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिनेछन्। उनीहरुलाई आफूसँगै घरपरिवारलाई स्वास्थ्य रहने तरिका सिकाउनेछन्। प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थीलाई अस्पताल पठाउनेछन्।

२०७५ कार्तिक २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: