A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session82e4dvu9taenn5ttd59g06rvob897vi5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पाँच वर्षमा २४ बालबालिकामाथि चितुवा आक्रमण, १८ को मृत्यु

पछिल्लो पाँच वर्षमा यहाँ २४ जना बालबालिकामाथि चितुवाले आक्रमण गरिसकेको छ । आक्रमणमा परी १८ जनाको ज्यान गएको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित छन् । छोटो समयमै धेरै बालबालिकामाथि चितुवा आक्रमण बढेपछि स्थानीयले जिल्ला प्रशासनसँग गुनासो पनि गरेका छन् । उनीहरुले बस्तीमै आउने चितुवालाई मार्न भनी आग्रह समेत गरेका हुन् । जंगलको बाटो भएर स्कुल जानुपर्ने हुँदा यहाँका बालबालिका स्कुल जानै डराएपछि स्थानीइ गुनासो गर्न बाध्य भएका हुन् । सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट लगायत क्षेत्रमा चितुवाको बढी प्रभाव बढेको बताइएको छ । चार वर्षयता नै पटक पटक जिउधनको रक्षाको लागि भन्दै स्थानीयले आग्रह गरेपछि बल्ल नरभक्षी चितुवा मार्न जिल्ला प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । पछिल्लो साता नै चितुवाको आक्रमणबाट ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको छ । नरभक्षी चितुवा मार्नको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी र बलका सुरक्षकर्मी सहित ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालबालिकाको घरमै गइ परिवारलाई समवेदना समेत प्रकट गर्ने बताइएको छ । किमडाँडा, सन्धिखर्क, खाँचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठूलो मानवीय क्षति भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न समेत माग गरेका छन् ।

२०७५ कार्तिक २० गते ५:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: