समाचारमा बालबालिका

नहरमा डुबेर बालिकाको मृत्यु

नहरमा डुबेर कञ्चनपुरमा बालिकाको मृत्यु भएको छ। बुधबार महाकाली सिँचाई प्रथम चरणको नहरमा डुबेर भीमदत्त नगरपालिका–१६ झगाउँकी दुई वर्षीय सिडिया शाहीको मृत्यु भएको हो ।नहरमा खेल्न गएकी बालिकाको उपचारका लागि महाकाली अञ्चल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७५ कार्तिक २८ गते प्रकाशित