A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

११ वर्षीया नेपाली बालिका भारतीय नागरिकबाट सामूहिक बलात्कृत, दुर्इजना पक्राउ

भारतीय नागरिकले ११ वर्षीया बालिकालाई भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकामा भारतीय नागरिकले सामूहिक रुपमा बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । बढैयाताल गाउँपालिका–८, मा रहेको नेपाल भारतको सीमा क्षेत्र नजिकबाट आएका दुईजना भारतीय नागरिकले ११ वर्षीया नेपाली बालिकालाई आइतबार बेलुका बलात्कार गरेको प्रहरीले जनाएको छ । नेपाल भारतको सीमा क्षेत्रमा पर्ने कालिका नजिकैको जंगलमा बाख्रा चराउन गएकी ११ वर्षकी बालिकालाई त्यसै जंगलमा भैँसी चराउन आएका भारतीय दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो । बाख्रा चराउन जंगल गएका बेला ११ वर्षीया बालिकालाई भारतीय नागरिकहरुले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिनुभयो । बलात्कृत भएकी बालिकासँगै रहेकी अर्की एक बालिका पानी खान गएको मौका छोपी भारतीय नागरिकहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएकी पीडित बालिकालाई अन्य गोठालाहरुले जंगलमा अचेत अवस्थामा फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोलीले बालिकालाई उद्धार गरी तत्कालै बलात्कारमा सहभागी दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।बलात्करमा संलग्नलाई स्थानीयको सहयोगमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएको स्थानीय दलबहादुर सुनारले जानकारी दिनुभयो। घटनामा संलग्न दुवैजना अभियुक्त जिल्ला बहराईच मोतिपुर थाना सिबरातिपुर गाउँका भएका र दुवैजना १४ देखि १६ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरु माथि अनुसन्धान भइरहेको उपरीक्षक सुरेन्द्र मैनालीले बताउनुभयो ।

२०७५ कार्तिक २६ गते ६:२८ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: