A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जन्मेदेखि ओछ्यानमा

शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका १४ बिहीबारेकी १२ वर्षीया एक बालिका उपचार अभावमा जन्मेदेखि नै ओछ्यान सुत्न बाध्य छिन् । टाउको उठाउन नसक्दा निर्मलासिंह राजपुतकी माहिली छोरी रोजिता ओछयानमै सुतिरहन्छिन् । टाउको अस्वाभाविक भए पनि राजपुत परिवारले आर्थिक अभावमा छोरीको उपचार गराउन सकेका छैनन् । उपचार हुन नसक्दा रोजितालाई उनका आमा निर्मला रातदिन हेरचाहमा तल्लिन हुनुपरेको छ । जेठी छोरी सुनिता र कान्छी रचना दगुरी हिँडदा उनी पनि उठेर दगुर्न र खेल्न खोज्छिन्,’ रोजिताका आमा निर्मलाले सुनाइन् ‘टाउको उठाउन नसक्दा उनी रूएर बस्छिन् । रोजिताले दिसापिसाव ओछ्यानमै सुतेको अवस्थामा गर्ने भएकाले उनको स्याहारसुसारमै दिन बित्ने गरेकोउनले सुनाए । सुकुम्बासी परिवारका उनीहरू बिहीबारेमा एउटा सानो काठको घरमा बस्छन् । घर भएको जग्गा पनि ऐलानी हो । निर्मलाका अनुसार जन्मदा टाउको ठूलो नभए पनि जन्मेको दुई महिनापछि अस्वाभाविक रूपमा टाउको बढेको हो । निर्मलाका पति सञ्जयले दिल्लीमा मजदुरी गरेर पठाएको रकमले उनीहरूको गुजारा जसोतसो चलेको छ । ‘पति दिल्लीमा मजदुरी गर्छन्, वर्षमा १५र१६ हजार लिएर आउँछन्, त्यही रकमले तीन छोरी र आफ्नो लालनपालन गर्नुपरेको छ, उनले दुखेसो गरिन् ‘छोरीकोउपचार कहाँबाट गर्नु, उपचार गर्नपाएको भए हिँड्न सक्ने हुन्थिन कि भन्ने आशा छ नि ।छोरीले हिँड्न सक्ने कहिले हुन्छु मम्मी भन्दा निर्मला भक्कानिरहन्छिन्। सवै कुरा बोल्छिन्। रेडियोमा गीत आउँदा रेडियासँगै गीत गाएर हात हल्लाई बस्छिन्, निर्मलाले भनिन्, ‘नाच्न खोज्छिन् तर नसक्दा घरीघरी रून्छिन्। छोरीको अवस्था दिनभरि टुलुटुलु हेरेर बस्न बाहेक केही उपाय छैन,’निर्मलाले भनिन्, ‘गरिवलाई हजुर दैवले पनि दुस्ख दिदो रहेछ, दैव पनि कति निष्ठुरी गरिवलाई नै सताउँदोरहेछ । पिठो चामल किनेर छाक टार्छन् । जेठी छोरी सुनिता र कान्छी रचना विद्यालय जाँदा रोजिताले पढ्न मन गर्छिन् । बिहीबारे पुग्ने जोकोही रोजिताको अवस्था देखेर उपचारमा सहयोग गर्ने बताए पनि कसैले अहिलेसम्म सहयोग नगरेको उनले सुनाइन् । बाटो हिँड्नेलाई काका, दादा, मामा, काकी भनेर रोजिताले बोलाउँदा छोरीको साहै्र पीर लाग्ने गरेको निर्मलाले सुनाइन् ।

२०७५ मंसिर २ गते ११:२४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: