नवलपरासी पूर्वमा पाँच वर्षकी बालिका बलात्कार आरोपमा एक पक्राउ
पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले एक जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका-३ निवासी ५३ वर्षका मोक्तान काईला भन्ने सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले गत असोज महिनामा ती बालिकालाई करणी गरेर फरार रहेका थिए ।प्रहरीले उनलाई खोज तलास गर्दा गँैडाकोट नगरपालिकामा लुकीछिपि बसेको अवस्थामा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
२०७५ मंसिर ३ गते प्रकाशित