A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एल्जिना बलात्कार र हत्या : सहपाठी साथीले नै बालात्कार गरी हत्या गरेको खुलासा

६ दिनअघि सामूहिक बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय किशोरी एल्जिना खड्काका दुई अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ। एल्जिनाका आफ्नै साथीहरुले सामूहिक बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै बिहीबार बिहान जिल्ला प्रहरी उदयपुरले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो। उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक विद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत मृत बालिका एलिजनाकै साथीहरुले सामूहिक बलात्कारपछि हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। एउटै विद्यालय कक्षा ९ मा अध्ययनरत १५ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षीय रुजन भन्ने पदमवीर राईले सामुहिक बलात्कार गरि हत्या गरेको खुलेको छ,’ पत्रकार सम्मेलनमा राईले भने, ‘दुई बालकद्वारा बालिकाकै बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिन्छ।’ गएको २४ गते घरबाट बाख्रा चराउन घरबाट गएकी एल्जिना २५ गते मृत फेला परेकी थिइन्। त्यसपछि परिवारले प्रहरीलाई खवर गरेका थिए। ‘२५ गते वेलुका पुगेको प्रहरीले २६ वेलुका घट्नास्थल पुगेको प्रहरीले तालिम प्राप्त कुकुरी समेत लगेर अनुसन्धान गर्‍यौँ,’ एसपी राईले भने, ‘घटनास्थलको अनुसान्धान २६ गते शवसहित शंकास्पद ५ जना ल्यायौँ, थप्दै एसपी राईले भने, ‘पछि एकजना ल्याएर ६ पुर्‍यायौँ, अनि चार छाडेर २ रहेको पुष्टि गरेका हौँ।’ धरानको विपी कोईराला अस्पतालमा लगेर पोष्टमाटम गरेको थियो। हिजो बुधबार दुईजना मात्र अपराधी भएको भन्दै एल्जिनाको बुवा दुर्गाबहादुरलाई शव बुझाएको थियो। बालिकाका अपराधीहरु बालकै परेका छन्। जसले गर्दा कानुनी कारबाही गर्न प्रहरीलाई समेत समस्यामा परेको एसपी राईको भनाइ छ। ‘बालकद्वारा घटना घटाइएको छ, अपराधी बालकै नै छन्, बालकभन्दा अन्य परेकाले कारबाही गर्न सजिलो हुने थियो,’ उनले भने, ‘कानुनीले दिएका अधिकारहरु प्रयोग गर्दै कारबही गर्नुपर्ने अवस्था आएको छ। 

सामूहिक बलात्कारपछि हत्या

घट्नास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले रहस्यमय तरिकाले बलात्कारपछि एल्जिनाको हत्या गरेको बताए। ‘बाख्रा चराउन एल्जिना गएकी रहेछिन्,’ डिएसपी रानाभाटले भने, ‘उमेरले बालक मानिने १५ वर्षीय दिपेन्द्र राई र १७ वर्षीय पदमवीर राई शिकार खेल्न आउँदा घट्ना घटाएको देखिन्छ। शिकार खेल्न जाने दुई बालकले बाख्रा चराउन गएकी एउटै कक्षामा पढ्ने एउटै गाउँमा बस्ने एल्जिनामाथि अपराध गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा डिएसपी राभनाभाटले बताए। ‘बालक शिकार जाँदा कसैले नदेख्ने जंगलमा बालिका बाख्रा चराउँदै देखेपछि दुई बालकले आक्रमण गरेको देखिन्छ,’ पुन रानाभाटले भने, ‘त्यहीक्रममा घटना घटेको घट्ना स्थलमा पुग्दा र पक्राउ परेकाहरुबाट बयान लिँदा पाईन्छ।

मृत एल्जिनाको बुबा भन्छन्, ‘आजीवन जन्मकैद होस

पत्रकार सम्मेलनमै पुगेका मृतका बुबा दुर्गाबहादुर खड्काले अपराधीलाई आजीवन जन्मकैद हुनुपर्ने माग राखेका छन। मृत्यु दण्ड हुने व्यवस्था छैन रे,पत्रकरहरुसँग कुरा गर्दै उनले भने, ‘बालक नै हुन भनेर प्रहरीले कारबाही कम गर्ने हो की भन्ने चिन्ता छ। बालकद्वारा बलात्कारपछि बालिकाको हत्या भएको उदयपुरको पहिलो घट्ना हो। एउटै कक्षामा पढ्ने र सँगै खेल्ने साथीहरुले बलात्कारपछि हत्या गरेकाले छोरी चेली सुरक्षित नरहेकाले गुनासो समेत एल्जिनाको बवुाको छ। मेरो छोरीलाई लाई साथीहरुले बलात्कारपछि हत्या गरे,’ उनले भने, कडा कारवाही गरिएन भने यस्ता घट्ना पुन दोहोरिन्छ, बालक भनेर उन्मुक्ति नदिइयोस्।

२०७५ कार्तिक २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: