A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हात नभएकालाई चल्न मिल्ने हात निःशुल्क

हातको कुहिनोमुनिको भनग नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क वितरण गरिँदै आएको छ । ‘इनेबल नेपाल’ नामक संस्थाले कुहिनोमुनिको हात नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क प्रदान गर्दै आएको संस्थाका महासचिव सुरेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार ‘थ्रिडी प्रिन्टेड’ हातले बच्चाले गर्न सक्ने एक्सरसाइज गर्ने, बोक्ने, समात्ने, साइकल चलाउने लगायतका काम गर्न सकिन्छ । त्यसका लागि केही समय अभ्यास गर्नुपर्ने उनले बताए । अहिले हात नभएका १६ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर ‘थ्रिडी प्रिन्टेड’ हात बनाइएको जानकारी दिँदै उनले काठमाडौें विश्वविद्यालयसँगको सहकार्यमा १६ वर्षमाथिका मानिसका लागि पनि उक्त हात प्रयोग गर्न सकिने र उपयोगी हुने गरी स्तरोन्नति गर्न लागिएको बताए । त्यसका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर अघि बढ्ने तयारी भइरहेको उनको भनाइ छ। अहिलेसम्म १८ जना बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क प्रदान गरिएको श्रेष्ठले जानकारी दिए। उनले कुहिनोमुनिको हात नभएका सम्पर्कमा आएजति बालबालिकालाई थ्रिडी प्रिन्टेड हात निःशुल्क प्रदान गरिने पनि बताए । त्यसका लागि ९८६९६६५६६२ मा सम्पर्क गरेर उक्त हात लिन सकिनेछ। उनले आवश्यक पार्टपुर्जा नेपालमै ल्याएर आफ्नै ल्याबमा तयार गरिने भएकाले झन्डै बीस हजार लागत पर्ने बताए । त्यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गरिरहेको उनले स्पष्ट पारे।

२०७५ मंसिर ३ गते ७:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: