A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहे गर्ने उमेर नपुग्दै गर्भपतन

मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा बिहे गर्न बन्देज लगाएको छ । १८ वर्षभन्दा कम उमेरमा त सहमतिमा पनि यौनसम्पर्क गर्न नपाइने कानुनी व्यवस्था छ । तर, १८ वर्षभन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य भएको पाइएको छ।जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार तीन वर्षमा पाँच हजार सात सय ४७ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराउने २० प्रतिशत छन् । गर्भपतनसम्बन्धी अध्ययन गर्ने संस्था आइपासका अनुसार यस अवधिमा तीन सय ४० जना १८ वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन् ।आइपासका जिल्ला संयोजक केदार भण्डारीका अनुसार कम उमेरका किशोरीलाई गर्भपतन गर्न कानुनले रोक लगाएको छैन ।१८ वर्षभन्दा १४ वर्षका किशोरीले पनि गर्भपतन सेवा लिएका छन्,’ भण्डारीले भने, ‘सुरक्षित मातृत्व तथा प्रजनन अधिकारमा कम उमेरमा गर्भपत गर्न नपाउने भन्ने छैन ।१८ वर्षभन्दा कम उमेरकाको गर्भपतन गराउँदा सेवाप्रदायकले नजिकको नातेदारको मञ्जुरी लिनुपर्छ । मञ्जुरी दिने नातेदार नभए स्वास्थ्यकर्मीले सेवा लिन आउनको सर्वोत्तम हितलाई ध्यान दिएर सेवा दिन सक्ने व्यवस्था छ । कम उमेरमा नै गर्भपतन गराउनेले नातेदार लिएर जाँदैनन् ।जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले १८ वर्षभन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहर्ने बताए । तर, कानुनबमोजिमको कारबाही गर्नका लागि भने प्रहरीमा उजुरी गर्नुपर्छ ।वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलीले पनि १८ वर्षभन्दा कम उमेरमा भएको यौनसम्पर्क अपराध ठहर्ने बताए ।१८ वर्षभन्दा मुनिकालाई नाबालक ठानेको छ, नाबालकको सहमतिलाई कानुनले सहमति मान्दैन,’ उनले भने, ‘त्यसैले नाबालकसँग यौनसम्पर्क राख्नु अपराध हो ।जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईंले १८ वर्षभन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहरे पनि गर्भपतन गर्न आउने किशोरीको स्वास्थ्यलाई महत्व दिने गरेको बताए । आफूहरूले अपराध हो वा होइन भन्दा पनि कम उमेरमा आमा बन्दाको जोखिमलाई ध्यान दिने उनको भनाइ छ ।इलाममा गाउँ–गाउँमा गर्भपतन सेवा विस्तार भएपछि सेवा लिनको संख्या भने तीव्र रूपमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष ०७१/७२ मा चार सय ४५ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ६८ ले यो सेवा लिएको तथ्यांक छ । जिल्लाका १८ सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवा छ ।

यस्तो छ कानुन
१८ वर्षभन्दा कम उमेरकाको गर्भपतन गराउँदा सेवाप्रदायकले नजिकको नातेदारको मञ्जुरी लिनुपर्छ । मञ्जुरी दिने नातेदार नभए स्वास्थ्यकर्मीले सेवा लिन आउनेको सर्वोत्तम हितलाई ध्यान दिएर सेवा दिन सक्ने व्यवस्था छ । कम उमेरमा नै गर्भपतन गराउनेहरू नातेदार लिएर जाँदैनन् ।

कानुन होइन स्वास्थ्य हेर्छौँ स् जनस्वास्थ्य प्रमुख
जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईंले १८ वर्षभन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहरे पनि गर्भपतन गर्न आउने किशोरीको स्वास्थ्यलाई महत्व दिने गरेको बताए । आफूहरूले अपराध हो वा होइन भन्दा पनि कम उमेरमा आमा बन्दाको जोखिमलाई ध्यान दिने उनको भनाइ छ।

२०७५ कार्तिक ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: