A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionm12fl0uou5v47ifnv3f359cothuvtgig): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फोइमहादेव बालमैत्री गाउँ

तिलागुफा नगरपालिका–१, नाग्म र वडा नं. ३ फोइमहादेव बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँ बनेको छ । नगरपालिकाका दुई वडाले बालमैत्री स्थानीय शासनका ३९ सूचक पूरा गरेपछि एक साताअघि बालमैत्री गाउँ घोषणा गरिएको हो । यसअघि मंसिर १८ गते राँचुलीलाई पहिलो बालमैत्री शासन अवलम्बन गरिएको गाउँ घोषणा गरिएको थियो । महादेव मावि फोइकोटमा आयोजित सभामा बालकेन्द्रित विकास र अर्थपूर्ण सहभागितामा जोड दिंदै वडाका सबै संरचनालाई बालमैत्री बनाइने नगर उपप्रमुख दन्ता नेपालीले बताइन् । उनले वडाको १५ प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा खर्च गरिने जानकारी दिइन् । बालमैत्री मुखले मात्र होइन, व्यवहारबाटै प्रमाणित गर्नुपर्छ,उनले भनिन्, ‘हाम्रो ठाउँमा जातीय भेदभाव, बाल हिंसा, छोराछोरी बीचको लैंगिक विभेद पूर्णरूपमा अन्त्य गर्छौं। गाउँलाई बालविवाह, बालश्रम, खुला दिसामुक्त, अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त बस्ती बनाइएपछि बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँ घोषणा गरिएको नगरप्रमुख रतनबहादुर शाहीले बताए । उनले नगरका सबै वडालाई आगामी दुई वर्षभित्र बालमैत्री घोषणा गरिनेप्रतिबद्धता गरे ।बालबालिकाको वृद्धि र विकासलाई भोलि भनेर नहुने प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले बताए । ‘बालबालिकालाई असल संस्कार दिन सके जिम्मेवार नागरिक बन्न सक्छन्,’ सांसद रावतले भने, ‘बाल केन्द्रित विकास, योजना र नीति बनाउन सबै सक्रिय हुनुपर्छ। उनले नयाँ मुलुकी फौजदारी र देवानी संहिताअनुसार अभिभावकले पनि बालबालिकामाथि दुव्र्यवहार, हिंसा र बेवास्ता गर्न नपाइने प्रावधान भएकाले सबै सचेत हुनुपर्ने बताए । 

जिल्ला समन्वय समितिले दाहा, रकु, नानीकोट र जुविथालाई बालमैत्री स्थानीय शासन लागू भएका गाउँबस्ती बनाउन धेरैजसो सूचक पूरा भएको जनाएको छ । नयाँ संरचनाअन्तर्गत फोइमहादेव नेपालकै तेस्रो बालमैत्री गाउँ बनाएकोमा तिलागुफा नगरपालिका–१ र ३ लाई जिल्ला समन्वय समितिले सम्मान पत्र प्रदान गरेको छ । तिलागुफाले यस वर्ष नगरको १५ प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा विनियोजन गरेको छ भने वडा नं १ र ३ ले २३ प्रतिशत बजेट बालबालिकाका लागिछुट्याएको छ । प्रदेशसभा सदस्य कुर्मराज शाहीले कालीकोटमा खुला दिसामुक्त क्षेत्र घोषणाको अभियानपछि स्थानीय बालमैत्री शासन घोषणा सुरु भएको जनाए । प्रदेश सरकारबाट बालमैत्री संरचना निर्माणका लागि पहल गरिने उनको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले घोषणालाई समुदायले आत्मसात गरेकाले नमुना गाउँको रूपमा रहने बताए । उनका अनुसार जिल्लामा महिला तथा बाल हिंसाका घटना बढी हुने गरेका छन् । दुलालले फोइमहादेवलाई बालमैत्री गाउँको रूपमा रारा जान आउने पर्यटकसम्म प्रचारप्रसार गर्न सके पर्यटन प्रवद्र्धन पनि हुने बताए । उनले घर, छिमेक, टोल, विद्यालय सबै बालमैत्री बन्नुपर्नेमा जोड दिए । स्थानीय सरकार बालमैत्री नभए बालबालिकाका सवालहरू ओझेलमा पर्न सक्ने भएकाले बालमैत्री स्थानीय शासन लागू गर्न सबै वडा सक्रिय भएको नगर विकास समिति संयोजक महेन्द्रबहादुर शाहीले बताए । स्थानीय सरकार बालमैत्री नभएसम्म बालबालिकाले अधिकार प्राप्त गर्न सक्दैनन्,’ शाहीले भने, ‘त्यसका लागि बालमैत्री योजना निर्माण गरेर लागू गर्न नगर विकास समिति पनि सक्रिय छ ।’ बालश्रम, बालविवाह, बहुविवाह, बाल हिंसा अन्त्यका लागि घोषणा महत्वपूर्ण हुने उनको भनाइ छ । 

बालबालिकालाई सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्न बालमैत्री स्थानीय शासनको भूमिका रहने बालमैत्री सीएफएलजी फोरमका केन्द्रीय प्रतिनिधि अशोक खनालले बताए । उनले बालमैत्री शासन कुनै परियोजना नभएर योजना प्रक्रियादेखि कार्यान्वनसम्म बालबालिकालाई केन्द्रमा राखेर काम गर्ने विधि भएको जानकारी दिए । गाउँका गर्भवती महिलाहरू दुई वर्षदेखि सुत्केरी हुन स्वास्थ्य संस्था आउने गरेका छन् । गाउँलाई बालमैत्री बनाउन स्वास्थ्यकर्मी पनि सक्रिय रहेको स्वास्थ्यचौकी इन्चार्ज बास्मती शाहीले बताइन् । गाउँलाई एक वर्षअघि विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरेर अनिवार्य आधारभूत शिक्षामा पहुँच पुगेको, सबैको जन्मदर्ता गर्ने गरिएको, सबै बालबालिकाले खोप पाउन अभियान संचालन गरिएको, विद्यालय शान्ति क्षेत्र, पूर्ण साक्षर र बालविवाह मुक्त गाउँ घोषणा गरिएको बालमैत्री स्थानीय शासन सहजकर्ता विर्षबहादुर सुनारले बताए । उनका अनुसार पाँच वर्षअघिसम्म ५८ प्रतिशत रहेको बाल विवाहलाई गत वर्ष शून्यमा झारेर गाउँलाई बाल विवाहमुक्त घोषणा गरिएको छ । बाल विवाह न्यूनीकरणका लागि प्रहरी, बाल क्लब र गाउँ बाल संरक्षण समिति सक्रियभएका छन् । गाउँबस्तीमा बालमैत्री वातावरण सिर्जना गर्न, बालबालिका विरुद्ध हुने सबै खाले हिंसा, भेदभाव र दुव्र्यवहारको अन्त्य गर्न, बाल केन्द्रित नीति, नियम बनाई कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको ३ नं। वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । उनले बाल सहभागितालाई अर्थपूर्ण बनाउन र बालमैत्री भौतिक संरचना निर्माण गर्न बालमैत्री स्थानीय शासन अवधारणा अवलम्बन गरिएको जनाए । उनले आफ्नो गाउँलाई देशकै नमुना बालमैत्री बनाउन योजना बनाइरहेको दाबी गरे । फोइमहादेवमा बालमैत्री वातावरण बनाउन सहजीकरण गर्दै नगरपालिकाका विद्यालयमा बसाइ व्यवस्थापन, जोखिममा रहेका बालबालिकालाई शैक्षिक सहयोग, विद्यार्थीको हाजिरी लेखाजोखालगायत काममा सहयोग गरिएको सेभ द चिल्ड्रेनका डेपुटी फिल्ड म्यानेजर अरुणकान्त पौडेलले बताए । तिलागुफा–१, का वडाध्यक्ष दलबहादुर कटुवालले घरपरिवारमै बालबालिकालाई सम्मान गर्न, उनीहरूको आवश्यकता र अधिकारमा ध्यान दिन अभिभावक भेलामार्फत वडापालिकाले अभियान चलाएको बताए । फोइमहादेवले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेका ३९ सूचकमा स्थानीयरूपमा अपांगता भएका बालबालिकाको संरक्षण र विकासका लागि दुई सूचक थपिएको बाल अधिकारकर्मी बाले विश्वकर्माले बताए ।

२०७५ कार्तिक २९ गते १०:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: