समाचारमा बालबालिका

बसको ठक्करबाट साइकलमा सवार बालिकाको मृत्यु

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको घटनास्थलमै ज्यान गएको छ। कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवा की १४ वर्षिया बालिका निर्मला चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भरिगाउँले जनाएको छ । बालिका भुरिगाउँको भेरी पव्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

२०७५ मंसिर ३ गते १०:४९ मा प्रकाशित