A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विवाहले पढाइमा बाधा

मुगमकामारोङ गाउँपालिका ६, रिउसकी २२ वर्षीया साङ्मु लामाको १८ वर्षमा विवाह भयो । कक्षा १० मा पढदापढदै विवाहबन्धनमा बाधिएकी उनको पति घर गएपछि पढाइमा पूर्णबिराम लाग्यो ।सोही गाउँकी २३ वर्षीया सुनीता लामाको पनि कक्षा १० मा पढदै गर्दा १८ वर्षको उमेरमै विवाह भयो ।उनले पनि विवाहपछि पढाइलाई निरन्तरता दिन सकिनन् । यी दुई प्रतिनिधिपात्र मात्र हुन्, मुगमकामारोङ गाउँपालिका अधिकांश क्षेत्रका बालिका लामो समयदेखि बालविवाहका कारण बीचैमा पढाइ छोड्न बाध्य छन् । सानै उमेरमा गृहस्थी सम्हाल्नुपर्ने भएपछि उनीहरू पठनपाठनबाट वञ्चित भएका हुन् । पढ्ने मन हुँदाहुँदै विवाह भएपछि विद्यालय छोड्न बाध्य भएको लामाले बताइन्। गाउँपालिकाका अधिकांश क्षेत्रमा तामाङ समुदायको बसोबास छ । अधिकांश बालबालिकाले मागी विवाह गर्ने गरेका छन् । विवाह गरेर पतिको घर गएपछि पठनपाठनको वातावरण नहुँदा अधिकांशले बीचैमा पढाइ छोड्नुपर्छ । गाउँपालिकाको माग्री, रिउस, पुवा, पुलु, मह, दाउरालगायत गाउँमा बालविवाह व्याप्त छ । सानै उमेरमा विवाह गर्दा अधिकांशले कम उमेरमै बच्चा जन्माउँछन् । २० वर्षपछि विवाहयोग्य केटा नपाउने समस्याले गाउँमा बालविवाह व्याप्त रहेको गाउँपालिका अधिकृत तीर्थराज शाहीले बताए । उनका अनुसार अशिक्षा र पुरानो सामाजिक मूल्य मान्यताका कारण तामाङ समुदायमा कम उमेरमै विवाह हुने गरेको हो । विवाहपछि घरको काममा व्यस्त हुनुपर्ने भएकाले पढाइमा समस्या हुने गरेको उनले जानकारी दिए । ‘कलिला छोराछोरीलाई खेतबारीको काम र जडीबुटी संकलनमा पढाइने गरिएको छ,’ उनले भने, ‘कतिपय बालबालिका कामको खोजीमा तिब्बतसम्म पुग्ने गरेका छन् ।’कलिलैमा आमा बन्दा किशोरीहरू गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य भएको शाहीले जनाए । स्वास्थ्यकर्मीका अनुसार कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशुको ज्यान जोखिममा पर्ने गरेको छ । बालविवाह न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको स्थानीय अगुवा उग्रिननाक्मेल लामाले बताए । ‘१६/१७ वर्षको उमेरमा विवाह गर्ने किशोरीको संख्या गाउँपालिकामा ५० प्रतिशतभन्दा बढी छ,’ उनले भने, ‘बालविवाहकै कारण विभिन्न स्वास्थ्य समस्या निम्तिएका छन् ।’ परम्परागत रीतिरिवाज, अशिक्षा, कानुनी ज्ञानको कमी, देखासिकीलगायत कारण बालविवाह घट्न नसकेकोबुद्ध मावि माग्रीका निमित्त प्रअ चित्रबहादुर ओलीले बताए । उनका अनुसार बालविवाहको असर उनीहरूको पढाइमा प्रत्यक्ष परेको छ । उनले बर्सेनि करिव २० प्रतिशत छात्राले विवाहका कारण पढाइ छोड्ने गरेको जनाए।

२०७६ बैशाख ९ गते ९:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: