समाचारमा बालबालिका

सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ

कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसर घटनामा संलग्न ६ जना शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही छन् । वैशाख १ गते बिहान घटना भए पनि शनिबार साँझ मात्रै जाहेरी परेकोले इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । प्रहरी समक्ष मुद्दा परे लगतै घटनामा संग्लग्न ६ जनालाई नियन्त्रणमा लिइ सोधपुछ थालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । किरोशी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङगलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाइ सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । ‘मुद्दा दर्ता भएको छ, जाहेरीमा किटान गरिएका ७ जना मध्ये ६ जनालाई पक्राई गरिसकेका छौँ’ प्रहरी निरीक्षक जोशीले भने, फरार रहेका व्यक्तिको पनि खोजी जारी रहेको छ । किशोरीको भने काठमाडौँमा उपचार भइरहेको छ । उनलाई कोहलपुरबाट रेफर गरिएको हो । घटना लगत्तै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमान्डौमा उपचार भइरहेको जोशीले जानकारी दिए।

२०७६ बैशाख ९ गते ९:०३ मा प्रकाशित