A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session68shbmit0douokbrc8oj11m07gcar3rd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा मोबाइल प्रतिबन्ध

शैक्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सो गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा गत सोमबार बसेको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। विद्यार्थीले विद्यालय जाँदा मोबाइल साथमा लैजान र शिक्षकहरूले विद्यालय समयभित्र मोबाइल प्रयोग गर्न नपाइने गरी निर्णय गरिएको र कडाइका साथ लागू गर्न परिपत्रसमेत गरिएको अध्यक्ष राईले बताए। उनले भने,कक्षाकोठामा विद्यार्थी र शिक्षकले अफलाइन भिडियो हेर्ने, गीत सुन्ने, मिलेसम्म मोबाइल गेम खेल्नेजस्ता क्रियाकलाप बढेको र त्यसले शिक्षण सिकाइमा प्रभाव पारेको ठहर गर्दै मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएका हौं। यसले शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छौं। विद्यालयमा वैकल्पिक सम्पर्कका लागि आधिकारिक टेलिफोन सेवाको व्यवस्थापन गर्नसमेत पत्राचार गरिसकेको उनले बताए। भर्ना अभियान चलिरहेको अवस्थामा तयारीका लागि पनि सहज हुने तरिकाले गरिएको निर्णयले शैक्षिक सुधारमा टेवा पु¥याउने सरोकारवालाले बताएका छन्। कांगेल आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाराज बस्नेतले मोबाइलको सदुपयोगभन्दा दुरुपयोग बढेको अवस्थामा पठनपाठनमा परेको समस्यालाई निराकरणमा निर्णयले सहयोग पुग्ने बताए। ‘पठनपाठनको समयमा पनि मोबाइलमा च्याटिङ, एसएमएस, गेम, अफलाइन भिडियो हेर्नाले पढाइमा समस्या थियो,’ उनले भने, ‘कार्यान्वयनमा कडाइ भए सुधारको संकेत मिल्नेछ। वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्लिका प्रधानाध्यापक दिलकुमार राईले शिक्षा समितिको निर्णय स्वागतयोग्य भएको बताए। उनले शिक्षक र विद्यार्थीमा मोबाइलको प्रयोग बढिरहेको र शैक्षिक उपलब्धि धरापमा परेका बेला यो निर्णय कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। उनले कडाइका साथ लागू गर्नेसमेत बताए। बैठकले नयाँ शैक्षिक सत्रबाटै सबै विद्यालयमा पोसाक अनिवार्य गर्ने निर्णय गरेको छ। विद्यालयकै छनोटमा शिक्षक र विद्यार्थीले अनिवार्य पोसाक लगाउनुपर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए। साथै, गाउँपालिकाले भर्ना अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न÷गराउनसमेत विद्यालयलाई निर्देशन जारी गरेको छ।

२०७६ बैशाख ५ गते ९:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: