समाचारमा बालबालिका

समाज बालिका बलात्कार प्रयास गर्ने पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। अनुसार मंगलबार दिउँसो घरबाट किराना पसल गएकी बालिकालाई तोलाङ्गीले फकाएर आफ्नो कोठामालगेका थिए। कोठा लगेर तोलाङ्गीले बालिकाको संवेदनशील अंगहरू चलाएर यौन दुर्व्यवहार गरेको थिए। साँझ घर फर्केकी बालिकाका शरीरका विभिन्न भागमा चोट देखेर अभिभावकले उपचारका लागि अस्पताल लगेका थिए। चिकित्सकले बालिकामाथि बलात्कारको प्रयास भएको जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको हो’, डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि प्रहरीले तोलाङ्गीलाई कोठाबाटै पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए।

२०७६ बैशाख ३ गते प्रकाशित