A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कर्णालीमा बढ्दै बलात्कार र यौन दुर्व्यवहार

एक साताअघि जुम्ला चन्दननाथ नगरपालिका–४ का श्याम भारती चार वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे। गाउँको एक विद्यालयभित्र प(याएर यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा छिमेकीले देखेपछि घटना बाहिर आयो। जुम्लाकै पातारासी गाउँपालिकाकी एक महिला कात्तिक १८ गते बलात्कृत भइन्। पीडित महिलाको बयानका आधारमा ४५ वर्षीय भैरे सार्की पक्राउ परे। सोही दिन तीला गाउँपालिकाकी दुईजना महिला सामूहिक बलात्कारमा परे। जंगलबाट घाँस काटेर फर्कँदै गरेका उनीहरूलाई चार जनाको समूहले बलात्कार ग(यो। कात्तिक २८ गते १७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–२ सिम्रुतुका २२ वर्षीय राजीव खड्कालाई प्रहरीले पक्राउ ग¥यो। खड्का हाल पुर्पक्षका लागि कारागारमा छन्। त्यस्तै, बालिका बलात्कार गरेको आरोपमा पुस १ गते रुकुम ९पूर्व०को भुमे गाउँपालिका–९ चुन्वाङका २१ वर्षीय मनोज ओली पक्राउ परे। मंसिर २८ गते गाउँबाट साथीको जन्ती गएका बेला ओलीले बालिका बलात्कार गरेको प्रहरीको भनाइ छ।

फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कांक्रेविहार जंगलमा १३ वर्षीया बालिका सामूहिक बलात्कारीको सिकार भइन्। विद्यालयबाट घर फर्कदैं गरेकी ती बालिकालाई कांक्रेविहार जंगलमा पु(याएर दुई युवकले बलात्कार गरे। बलात्कारका आरोपीमध्ये १९ वर्षीय प्रमेश रावत पक्राउ परेका छन्। अर्का एक फरार छन्। पछिल्लो नौ महिनाको अवधिमा कर्णाली प्रदेशमा बलात्कारका एक सय ४२ र बलात्कार प्रयासका ४१ वटा घटना भएको प्रदेश प्रहरीले अभिलेख सङ्कलन गरेको छ। प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० महेशविक्रम शाहले कर्णालीमा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ४४ बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेको बताए। ‘हरेक वर्ष कर्णाली प्रदेशमा बलात्कार र बलात्कार प्रयासका घटना बढ्दै गएको तथ्याङ्कले देखाउँछ,’ डिआइजी शाहले भने, ‘यस्ता घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं।’ हातहातमा मोबाइल र इन्टरनेटको पहुँच वृद्धिसँगै बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढ्न थालेको प्रहरीको भनाइ छ। ‘पछिल्लो पुस्ता प्रविधिलाई सदुपयोग हैन दुरुपयोग गरिरहेको छ,’ उनले थपे, ‘यसले समाजमा बलात्कारलगायत आपराधिक घटना बढ्दै गएका छन्।’ फोन तथा इन्टरनेटको दुरुपयोग, आमाबुबाको छोराछोरीप्रति ध्यान नजानु, यौनवद्र्धक औषधिको खुला बिक्रीलगायत कारणले बलात्कारसहित आपराधिक घटना हुने गरेको प्रहरीको भनाइ छ। रुकुम ९पश्चिम० मा चालू आर्थिक वर्षको चैत महिनासम्म १९ वटा बलात्कारका घटना भए। जिल्लामा तीन वर्षीया बालिकादेखि ६५ वर्षीया वृद्धासम्म बलात्कारीको शिकार भएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पश्चिम०का प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। रुकुममा आर्थिक वर्ष २०७३÷०७४ मा १५ वटा बलात्कारका घटना भएका थिए, जसमा ११ वटा जबरजस्ती करणी र चारवटा जबरजस्ती करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका थिए। आर्थिक वर्ष २०७४/०७५ मा १० वटा बलात्कारका घटना भएका थिए, जसमा नौवटा जबरजस्ती करणी र एक जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए। चालू आर्थिक वर्षको नौ महिनामा १९ वटा बलात्कारसम्बन्धीका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्। दर्ता भएका १९ वटामध्ये ११ वटा जबरजस्ती करणी र आठवटा जबरजस्ती करणी उद्योगका घटना भएको उल्लेख गर्दै खड्काले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग र मदिराका कारण समाजमा बलात्कारका घटना बढेको पाइन्छ।’अधिवक्ता रचना मल्लका अनुसार महिलामाथि भइरहेका बलात्कार तथा यौन दुव्र्यवहारका सबै घटना प्रहरीसम्म पुग्दैनन्। बलात्कारजस्तो जघन्य अपराध पनि मिलापत्रमै टुङ्याउने गरिएको उदाहरण दिँदै अधिवक्ता मल्लले भनिन्, ‘जबसम्म समाज जागरुक र सचेत हुँदैन तबसम्म महिला तथा बालिकामाथि हुने बलात्कारका घटना न्यूनीकरण हुँदैन।’समाजमा बलात्कारजस्तो जघन्य अपराध सुरुमा ‘परिवारको बदनाम हुन्छ,’ भन्दै पारिवारिक सहमतिमा मिलाउने तर परिवार तथा समाजले थाहा पाएपछि मात्रै प्रहरीसम्म पुग्ने गरेका उदाहरणहरु पनि प्रशस्तै छन्।प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० जिल्लामध्ये चालू आर्थिक वर्षको नौ महिनामा सुर्खेतमा सबैभन्दा धेरै अर्थात् बलात्कारका ४६ र बलात्कार प्रयासका ११ घटना भएका छन् भने हुम्लामा एउटा मात्रै बलात्कारको घटना भएको छ। यस्तै रुकुममा बलात्कारका १३ र बलात्कार प्रयासका आठवटा घटना भएका छन्। जाजरकोट र सल्यानमा बलात्कारका सात–सात र बलात्कार प्रयासका आठ–आठवटा घटना भएका छन्। जुम्लामा बलात्कारका आठ तथा दैलेखमा बलात्कारका पाँच र बलात्कार प्रयासका तीन घटना भएका छन् भने कालीकोटमा बलात्कारका पाँच तथा बलात्कार प्रयासमा दुई घटना भएका छन्। डोल्पा, मुगु र हुम्लामा नौ महिनाको अवधिमा बलात्कारका एक–एक घटना भएका छन् भने डोल्पामा तीन र मुगुमा बलात्कार प्रयासको एउटा घटना भएको छ।

२०७६ बैशाख ९ गते ७:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: