सरकारी विद्यालयमा थेगिनसक्नु चाप
वैशाख लागेसँगै सबै विद्यालयलाई नयाँ शैक्षिक सत्रको चटारो छ । निजीले चैतबाटै भर्ना खोलेका छन्, सामुदायिकमा भर्ना अभियान जारी छ । सरकारले विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरणको अभियान भनेको छ । आम मानिसको धारणामा सरकारी विद्यालय निमुखाले पढ्नेु थलोझैं बनेका छन् । विशेषगरी सहरबजारका स्थानीयले छोराछोरीलाई निजी स्कुल पढाएका छन् । पछिल्लो समय सरकारी विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याइरहेका छन् । पठनपाठन शैली रूपान्तरण गरेका छन् । निजीमा भन्दा सरकारी विद्यालयमा विद्यार्थीरअभिभावकको आकर्षण बढदो छ । कतिपय विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नु छ । सरकारीमा कक्षा १० सम्म मासिक शुल्क तिर्नु पर्दैन । पाठ्यपुस्तक किन्नु पर्दैन । कतिपयले पोसाक, झोला, कापी, कलमजस्ता सामग्री पनि दिन्छन् ।भक्तपुरको दरबार स्क्वायर हातामा रहेको पद्म मावि अब्बल विद्यालयअन्तर्गत पर्छ । यसको संरचना भूकम्पबाट ध्वस्त छ । विश्व सम्पदा क्षेत्रमा रहेकाले पुनर्निर्माणमा ढिलाइ भएको छ तर विद्यार्थीको चाप बढदो छ । कक्षा १२ सम्म साधारण र प्राविधिक धारको पढाइ हुन्छ । प्रधानाध्यापक राम हाडाका अनुसार करिब १ हजार ७ सय विद्यार्थीमध्ये आधाजसो स्थानीय छन् । हामीले सरकारी विद्यालय छानौं, सबै साक्षर बनौं नारासहित चैतमै सहरभरि शुभकामना र्याली प्रदर्शन गर्यौं,ु हाडाले भने, अहिले नतिजा ८५ प्रतिशत छ भने अब पाँच वर्षभित्र शतप्रतिशत पुर्याउने लक्ष्य राखेका छौं । काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि महानगरपालिकाको नमुना विद्यालयमध्ये पर्छ । नमुना विद्यालय घोषणासँगै विद्यालय व्यवस्थापन समिति गुरुयोजना बनाएर गरी अघि बढेको छ । हामीले नयाँ सत्रका निम्ति चैत २९ गते चार सय जनाको प्रवेश परीक्षा लिइसक्यौं, प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, भर्ना सुरु हुँदै छ । अब फेरि दोस्रो पटक प्रवेश परीक्षा लिएर विद्यार्थी छान्ने छौं ।
गत वर्ष शिशु कक्षादेखि १२ सम्म २ हजार ६ सय ३० विद्यार्थी भर्ना भएका थिए । कक्षा १० सम्म १ हजार ३ सयभन्दा बढी थिए । कुल विद्यार्थीमध्ये १० प्रतिशत स्थानीयका छोराछोरी छन् । यो वर्ष १ सय ८४ जनाले एसईई दिएका छन् भने करिब ५० जनाले बीचैमा पढाइ छाडेका छन् । यो वर्ष कक्षा १० सम्म करिब १४ सय जना पढाउन सक्छौं,ु प्रधानाध्यापक कँडेलले भने । गुरुयोजना निर्माणसँगै कार्यान्वयनमा जुटेको कँडेल बताउँछन् । मुख्यगरी पठनपाठन, भौतिक पूर्वाधार, बाह्य र आन्तरिक वातावरण व्यवस्थापन, सिकाइको तौरतरिका, विद्यार्थी प्रतिभा पहिचान, शैक्षिक सामग्री, शिक्षक र अभिभावकमैत्री वातावरणजस्ता तीसवटा शीर्षकलाई प्राथमिकीकरण गरिएका छन् । अंग्रेजी माध्यमबाट पढाइनु, शिक्षक कर्मचारीले आफ्नो छोराछोरीलाई यहीं पढाउनु, चुस्त र जिम्मेवारीपूर्ण व्यवस्थापन विद्यालयका सबल पक्ष हुन् । विद्यार्थी क्रियाकलाप नियाल्न सीसी क्यामरा राखिएका छन् । यहाँ ९५ जना शिक्षक र १५ कर्मचारी कार्यरत छन् । छात्र र छात्रामैत्री शौचालय छन् । खाजा पानीका निम्ति क्यान्टिनको व्यवस्था छ । टीटी, बास्केट बल कोर्ट छन् । विद्यालय हातासँगै वाग्मती किनारमा फुटबल मैदान छ । भूकम्पपछि विद्यालयको २४ कोठे नयाँ भवन बनेको छ । काठमाडौंको बौद्ध महांकालस्थित जनकल्याण माविमा बोर्डिङ छाडेर भर्ना हुन आउने विद्यार्थीको चाप छ । प्रवेश परीक्षा लिएर भर्ना जारी राखेको प्रधानाध्यापक कुमारीकमला राई बताउँछिन् । उक्त विद्यालयमा गत वर्ष कक्षा १० सम्म ९ सय ८१ भर्ना भएकामध्ये सयजना जतिले बीचैमा पढाइ छाडेका थिए । विद्यालयले शिशुदेखि कक्षा ३ सम्म निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विद्यालयले शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन तथा गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयमा कमजोरी विद्यार्थीलाई साँझ निःशुल्क कक्षा सञ्चालन गर्ने गरेको छ । चीन सरकारको सहयोगमा भर्खरै १९ कोठे नयाँ भवन बनेको छ । निरन्तर पढ्ने छँदै छन्, विद्यालयको क्षमताभन्दा बढी लिन सकिँदैन, त्यसैले भर्ना चाँडै बन्द गर्नुपर्ने स्थिति छ,ु प्रधानाध्यापक राईले भनिन् । ललितपुरको आदर्श शौल माविले यो वर्ष बढीमा दुई सय जना विद्यार्थी भर्ना गर्ने जनाएको छ । यहाँ शिशु कक्षा, नर्सरी र केजीदेखि १२ कक्षासम्म पढाइ हुन्छ । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ पढाइन्छ । प्रधानाध्यापक सरोजभक्त आचार्यका अनुसार गत वर्ष कक्षा १० सम्म १ हजार ३ सय ६५ विद्यार्थी भर्ना भएका थिए । अपांगता भएका ८२ विद्यार्थीमध्ये १० जना बहिरा छन् । कुल विद्यार्थीको ३५ प्रतिशत स्थानीयका छोराछोरी छन् । भर्ना अभियानको चौथो दिनसम्म १ सय ३० जना विद्यार्थीलाई प्रवेश परीक्षा लिइसकेका छौं, प्रधानाध्यापक आचार्य भन्छन्, तीनदेखि पाँचवटा सेक्सन छुटयाएर पढाएका छौं । अब सेक्सन बढाउने र विद्यालयको भवन थप्ने ठाउँ छैन । शिक्षक र प्रधानाध्यापकबीचको सहकार्य, विद्यालय व्यवस्थापन समितिको मार्गनिर्देशन र अभिभावकको विश्वास शैक्षिक गुणस्तरको आधार भएको आचार्य बताउँछन् । प्रविधिमैत्री शिक्षण पद्धति, विद्यार्थीलाई श्रव्यदृश्य परियोजना कार्य, अतिरिक्त क्रियाकलापमा विद्यार्थी प्रतिस्पर्धात्मक सहभागिता, एसईईमा एु प्लस, ए र बीु ग्रेड नतिजा यसको मापन हो।
२०७६ बैशाख ५ गते ८:०३ मा प्रकाशित