A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हिरासतमै बालक मृत्यु प्रकरण: डीएसपीलाई निलम्बन गर्न अधिकारीकर्मीको माग

हिरासतमै किशोर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको घटनामा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्कालाई हटाएर अनुसन्धान गर्न झापाका अधिकारीकर्मीले प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमै मेचीनगर नगरपालिका ६ का १५ वर्षीय किशोर किरण कार्की ९डोली०को रहस्यमय मृत्यु प्रकरणको विषयमा प्रजिअ जनकराज दाहालसँग छलफल कार्यक्रममा आइतबार मानव अधिकारीकर्मी, दलित अधिकारीकर्मीले उक्त माग उठाइएका हुन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्काको समेत सहभागितामा भएको छलफलमा अधिकारीकर्मीहरूले प्रहरी हिरासतमै किशोरको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको र उक्त घटनाको प्रकृति हेर्दा प्रहरीमाथि शंका उब्जिएकाले घटनाको सत्य तथ्य छानविन हुनु पर्ने प्रजिअ दाहाललाई आग्रह गरेका थिए। ‘किशोरसँग जोडिएको घटनामा संलग्न प्रहरी कर्मचारी दोषी भए त्यसलाई कारवाही हुनुपर्छ’, प्रजिअ दाहालले भने, ‘किशोरको मृत्यु प्रकरण नजिकबाट हेरेर आन्तिरक अनुसंन्धान गरिरहेका छौं ।’ किशोरलाई न्याय दिलाउन प्रशासन कार्यालय झापाकै संयोजकत्वमा सबै पक्षलाई सेमेटेर छानविन समिति गठन गर्न सीडीओदाहालले राखेको प्रस्तावलाई अधिकारीकर्मीहरूले भने अस्वीकार गरेका छन्। अधिकारकर्मीहरूले छानविन समिति गठन पूर्व इलाका प्रहरी कार्यालय बिर्तामोड डीएसपी खड्कालाई निलम्बन गरी समिति गठन गर्न प्रस्ताव राखेका थिए। डीएसपी खडकालाई निलम्बन गर्ने कानुनी अधिकारी आफूमा नभएको प्रजिअ दाहालले बताए। छलफलमा मानव अधिकारीकर्मी विष्णुप्रसाद खरेल, दलित अधिकारकर्मी टीकाराम मग्रान्ती, छविलाल विश्वकर्मा लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो । गत चैत २९ गते बिर्तामोड १ निवासी दामोदर अधिकारीको घरमा चोरी गर्न गएको उजुरीको आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडको डीएसपीले खड्काले जानकारी दिए। प्रहरीको हिरासतमा किशोरको मृत्यु भएको घटना सञ्चारमाध्यममा आएसँगै प्रहरी कार्यालय झापाले प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोरकुमार दाहालको संयोजकत्वमा तीन सदस्य छानविन समिति समेत गठन गरेको छ।

२०७६ बैशाख ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: