A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोबाइल चोरेको आरोपमा दुई घण्टासम्म निर्घात कुटपिट

मोरङको बूढीगंगा गाउँपालिका ४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरूले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको घटना र त्यसको भिडियो सार्वजनिक भएको छ। मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। नउसादमाथि बूढीगंगा ४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको प्रहरीको भनाइ छ। घटनाको भिडियो पनि बाहिरिएको छ। घटनामा संलग्नमध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेको प्रहरीको भनाइ छ। मोबाइलबाट मोबाइल हुँदै भिडियो फैलिएको प्रहरीले जनाएको छ। दुई घण्टाभन्दा लामो भिडियोको सानो अंश यसरी ट्रान्सफर भएको थियो। गाली गलौज गर्दै कुटपिट गरिएको भिडियो दर्दनाक छ। वडा अध्यक्षका छोराले बोलाएको भन्दै गत बिहीबार साँझ ५ बजे घरैबाट एक किलोमिटर जति पर चौरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताए। उनले अफजलले घरमै आएर छोरालाई बोलाएर लगेको जानकारी दिए। भिडियोमा तीन जनाले कुटपिट गरेको देखिन्छ। अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए।

‘घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,’ उनले भने, ‘ डरका कारण चार दिनसम्म घटनाका बारेमा छोराले सुनाएन।’ नउसादका ठूलो बुवा कलिमुद्धिन मियाँले घरमा लुगा धोइरहेका बेला बोलाएर लगेर भतिजमाथि सामूहिक आक्रमण गरिएको बताए। उनका अनुसार कुटपिटबाट ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। इलाका प्रहरी कार्यालय नेमुवाका सई जीवनकुमार गौतमले प्रहरीले पनि घटनाका बारेमा ढिलो गरेर जानकारी पाएको बताए। ‘भिडियो बाहिरिएपछि मात्रै घटनाका बारेमा चाल पाइयो,’ उनले भने, ‘त्यतिबेलासम्म घटनामा संलग्न फरार भइसकेका थिए।’ गौतमले घाइतेको विराट नर्सिङ होममा उपचार सुरु गरेर घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिए। प्रहरीका अनुसार एक साता अघि गाउँकै अजय रायको मोबाइल चोरी भएको थियो। त्यही मोबाइल चोरी गरेको आरोप लगाउँदै अपहरण शैलीमा नियन्त्रणमा लिएर चार जना युवाले नउसादमाथि निर्घात कुटपिट गर्दै त्यसको भिडियोसमेत बनाएको गौतमले बताए। उनले मोबाइल कसले चोरी गरेको हो भन्ने बारेमा भने खुलिनसकेको जानकारी दिए। भने, ‘बरु गाँजा र अन्य लागुऔषध खा तर चोरी गरेको मोबाइल फिर्ता दे भन्दै कुटपिट गरेको पाइयो।’ गौतमले घटनाका बारेमा कोही कसैलाई जानकारी गराएमा जे पनि गरिदिने धम्की दिएका कारण पीडित किशोर लामो समयसम्म चुपचाप लागेर बसेको पाइएको बताए। नउसादका बुवा अलिमले मोबाइल चोरीमा छोराको संलग्नता नरहेको बताए। ‘यदि उसले चोरी नै गरेको भए पनि कारबाही अघि बढाउने प्रहरीले हो’, उनले भने, ‘तर मसँगै राजमिस्त्री गरेर हिँड्ने छोरोलाई कहीँ पनि नगएको अवस्थामा मोबाइल चोरीको आरोप लगाएर निर्घात कुटपिट गर्दै यातना दिने काम भएको छ।’पीडित किशोरका परिवारले सोमबार चारै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले घटनामा संलग्न चारै जना फरार रहेका कारण खोजी भइरहेको बताए। ‘यदि कोही व्यक्तिलाई कुनै घटनामा संलग्न भनेर आरोप लागेमा त्यसमा छानबिन र अनुसन्धान गर्ने काम प्रहरीको हो,’ उनले भने, ‘तर नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै कानुन हातमा लिने काम भएको रहेछ।

२०७६ भदौ २ गते ६:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: