A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfnjq1ttrmhqjeif22onpkdgc2kti5ii6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्। स्थानीय १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप उनीमाथि छ। सप्तरी घर भएका प्रहरी जवान यादवले मंगलबार घाँस काट्न गएकी किशोरीलाई जंगलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ। यादवले जबर्जस्ती करणी गरिरहेका बेला किशोरीका बुबाले फेला पारेपछि घटना बाहिर आएको हो। यादवले यसअघि पनि ती किशोरीलाई जंगलमै घाँस काट्न गएको समयमा बलात्कार गरेको आरोप लगाइएको छ। आरोपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले बताए। जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान थालिएको उनको भनाइ छ। यादवले गल्ती गरेको भए कडा कारबाही गर्ने प्रमुख मल्लको भनाइ छ।

२०७६ साउन २३ गते ३:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: