A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालक मृत्यु प्रकरण : प्रहरीविरुद्ध आयोगमा उजुरी

सुरक्षाकर्मीकै कारण छोराको मृत्यु (हत्या) भएको भन्दै स्थानीय एक महिलाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । आठबीसकोट नगरपालिका–९ की मीनाकुमारी दमाईंले १३ वर्षीय छोराको हत्या भएको भन्दै घटना छानबिनका लागि आयोगमा उजुरी दिएकी हुन् । उनका छोरा बालकृष्ण साउन १८ गते राति हराएका थिए । गस्तीमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले राडीबजारको एउटा पसल चोरी हुँदै गरेको अवस्थामा एक व्यक्तिलाई लखेटेको थियो । छोरो राति पिसाब फेर्न गएको थियो, त्यसपछि फर्केर आएन,’मीनाकुमारीले उजुरीमा भनेकी छन्, ‘प्रहरीले अनावश्यक रूपमा चोर भन्दै लखेटेकै कारण मेरो छोरा खोलामा हामफालेको हुन सक्छ ।’सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरी नदीमा बुधबार शव भेटिएपछि मीनाले आयोगमा उजुरी दिएकी हुन् । उक्त शव बालकृष्णको भएको उनले बताएकी छन् । उजुरीपछि आयोगले आवश्यक छानबिन र अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको छ । आयोगको पत्रमा घटनाको प्रकृति, शव परीक्षण र घटनाको अनुसन्धान विषयमा जानकारी माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । डीएसपी सुमित खडकाले प्रहरी निरीक्षक कवि रोकायाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेको जानकारी दिए । भेरी नदीमा भेटिएको शव आफन्तले आफ्नो बालकको भने पनि बुझ्न नमानेको उनको भनाइ छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं लगिएको छ । डीएसपी खडकाका अनुसार साउन १८ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा टोलीले गस्तीका बेला बजारको एक पसलमा चोरी हुँदै गरेको देखेको थियो । चोरी गर्ने व्यक्तिलाई समात्ने क्रममा भागेको थियो । त्यसको भोलिपल्ट स्थानीयले सुरक्षाकर्मीकै कारण बालक हामफालेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेका थिए । लखेटिएको व्यक्ति र बालक एउटै होरहोइन भन्ने पुष्टि नभएको कारण बालकको खोजी गर्ने सहमति भएको थियो ।प्रहरीले बालकको कोठासमेत चेकजाँच गरेको थियो । कोठामा बजारको पसलबाट हराएका सामग्री फेला पारेको थियो।

२०७६ साउन २६ गते ८:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: