A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह गर्नेलाई विद्यालयमा प्रतिबन्ध

बालविवाह गर्नेलाई जिल्लाको एक स्कुलमा प्रतिबन्ध लगाइएको छ। कम उमेरमै बिवाह गर्ने बढेपछि बालविवाह गर्नेलाई निषेध गरिएको हो। शिद्दकुमाख गाउँपालिकामा रहेको निराजन मावि ढोरचौरले विद्यालयमा अध्ययनरत बालबालिकाले बालबिवाह गरेमा विद्यालयमा पढ्न नपाइने गरी रोक लगाएको हो। विद्यालयले बालविवाह सम्बन्धी थालेको अभियानले बालविवाह न्यूनिकरणमा केही हदसम्म मद्दत पुगेको विद्यालयमा अध्ययनरत विद्यार्थीले बताएका छन्। कक्षा १० मा अध्ययनरत छात्रा हुमा बुढाथोकीले विद्यालयमा बालविवाह निषेध गरेसँगै बालविवाहबाट पर्ने असरका बारेमा समेत शिक्षकले जानकारी दिने गरेको बताइन्। ‘बालविवाह गैह्रकानुनी बिवाह हो, यस विषयमा हामीलाई शिक्षकले राम्रोसँग जानकारी गराउनु भएको छ’ उनले भनिन्। बालविवाहका कारण पर्ने असरका बारेमा सचेत गराउँदा समेत न्यूनिकरणमा कमी नआएपछि स्कुलमा प्रतिबन्ध लगाइएको विद्यालयले जनाएको छ। यसले गाउँमा बालविवाह न्यूनिकरण हुन थालेको स्थानीयको भनाइ छ। पढ्ने उमेरमा बालविवाह गरी सानै उमेरमा विभिन्न समस्या भोग्दै आएका बालबालिकालाई लक्षित गरी यो निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले जानकारी दिए। ‘कानुनले बालविवाह गर्नु गराउनु अपराध हो भनेको छ, तर यहाँ त झन बढी यो। बालविवाह रोक्न हामीले यो निर्णय गरेका हौं’ उनले भने। चार वर्षदेखी निरन्तर बालविवाह न्यूनिकरण अभियानमा लागेको यस विद्यालयलाई जिल्ला अदालत सल्यानले पुरष्कृतसमेत गरेको छ। बालविवाह गर्नेलाई पठनपाठनबाट वञ्चित गर्ने उद्देश्य नराखी विद्यालयमा मात्र नभइ यस भेगमा हुने गरेका बालविवाहलाई समेत न्यूनिकरण गर्ने उद्देश्यले यो अभियानको थालिएको शिक्षक दुर्गाबहादुर बोहराले जानकारी दिए। केहीवर्ष अघिसम्म ठूलो समस्या रहेको बालविवाहमा अहिले आएर कमी आएको शिक्षक बोहराको भनाइ छ। ‘यस क्षेत्रमा विगतको भन्दा अहिले बालविवाह गर्नेको संख्यामा कमी आएको छ’ विद्यालयका शिक्षक बोहराले भने, ‘अहिले पनि छिटपुट रुपमा बालविवाह हुने गरेको भए पनि पहिलेको भन्दा धेरै कम भएको छ।

२०७६ साउन २९ गते १०:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: