समाचारमा बालबालिका

करेन्ट लागेर बालकको मृत्यु

बनेपा नगरपालिका १ टुकुचा नालामा करेन्ट लागेर बालकको मृत्यु भएको छ।  बनेपा १ टुकुचाको स्थानीय रिमाल श्रेष्ठको ४१ महिनाको छेरा रिदेश श्रेष्ठको मृत्यु भएको हो। पानी तान्ने मेसिनको तार समाउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान ९ बजे तिर घरमै पानी तान्ने मेसिनको तार समाउदै खेल्दै गरेका बालकको उपचारका लागि बनेपा ल्याउनेक्रममा मृत्यु भएको हो। मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको घ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

२०७६ साउन २३ गते ३:३४ मा प्रकाशित