A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार

सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक युवकले उनलाई सामुदायिक वनमा पुर्‍याएर बलात्कार गरेका थिए। उनीजस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका पनि बलात्कारको सिकार बन्नुपर्‍यो। ती बालिका हिँडडुल गर्न नसक्ने भएपछि गत साउन २ गते बालिका बलात्कृत भएको पत्ता लागेको थियो। पछिल्लो समय कर्णालीमा बलात्कारका घटना बढ्दै गएका छन्। प्रहरीकाअनुसार हरेक एक दशमलव २६ दिनमा एक महिला तथा बालिका बलात्कारको सिकार बन्ने गरेका छन्। घरमा एक्लै भएका बेला र एकान्त ठाउँमा हिँडडुल गर्दा महिला बढी असुक्षित हुने गरेका छन्। तथापि बलात्कारमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार अधिकतर दोषी प्रक्राउ परेका छन्। केही व्यक्तिमात्र फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए। पक्राउ परेकामध्ये केही दोषी प्रमाणित भएको र केही अदालती प्रक्रियामा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। डर, धम्की, त्रास र ललाइफकाइ गरेर बलात्कारका घटना हुने गरेको प्रहरीको भनाइ छ।

बलात्कारजस्तो जघन्य अपराघका दोषीलाई कडा सजाय हुनुपर्ने महिला अधिकारकर्मी देवीसरा सुनारले बताइन्। बलात्कारका घटना पनि व्यवहारिकतामा मिलापत्र गराउँदा यसले झनै प्रश्रय पाउने उनको भनाइ छ। पीडित महिला पक्ष संरक्षकको अभावमा कमजोर हुने हुँदा यस्ता घटनाहरू मिलापत्रमा टुंग्याइने गरेका छन्। दोषीलाई राजनीतिकरण हुँदा पीडकले छुटकरा पाउने भन्दै सुनारले निष्पक्ष छानबिनपछि कानुनी कारबाही गरिनुपर्ने धारणा राखिन्। यस्ता घटनामा मिलापत्र गराउनु भनेकै पीडकलाई हौसला दिनु हो,’ उनले भनिन्, ‘कुनै पनि बहानामा दोषीलाई छुटकारा दिनुहुन्न। शिक्षा र चेतनाको विस्तारसँगै यस्ता आपराधिक घटना लुक्न छाडेको विद्यार्थी नेता कृष्णा हमालले बताइन्। पछिल्लो समय यस्ता घटना ढाकछोपभन्दा पनि बाहिर आउने गरेको उनको भनाइ छ। ‘पहिला यस्ता घटना नभएका होइनन्,’ उनले भनिन्, ‘पहिला बाहिर आउँदा सामाजिक बहिस्कार भइने डरले बाहिर आएनन्।’ कानुनी कारबाहीसँगै पीडितको मानसिक उपचार, वातावरणीय र सामाजिक पुनःस्थापनमा जोड दिनुपर्ने रुकुम पश्चिमकी महिला अधिकारकर्मी सरस्वती चनाराले बताइन्। कर्णालीमा जबर्जस्ती करणीसम्बन्धी दुई सय ८८ वटा घटना भएका छन्। जबर्जस्ती करणीका एक सय ९७ र जबर्जस्ती करणी उद्योगका ९१ वटा घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सल्यान र मुगुमा बलात्कारका घटनामा कमी आएको छ। सल्यानमा २०७४/०७५ मा २१ वटा बलात्कारका घटना भएका थिए भने २०७५/०७६ मा १७ वटा यस्ता घटना भएका छन्। आठवटा बलात्कारका घटना भएको मुगुमा गत वर्ष तीनवटा मात्र यस्ता घटना भए।सुर्खेतमा ८६, दैलेखमा १६, जाजरकोटमा १७, सल्यानमा १७, रुकुम पश्चिममा २५, जुम्ला १२, हुम्ला एक, डोल्पा पाँच, मुगु तीन र कालीकोटमा आठवटा जबर्जस्ती बलात्कारका घटना घटेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सुर्खेतमा ८६ र कम हुम्लामा एकजना बालिका तथा महिला बलात्कृत भएका छन्। कर्णालीमा आर्थिक वर्ष २०७४/०७५ मा ९८ वटा बलात्कारका घटना भएका थिए। वर्षभरिको आठ हजार सात सय ६० घण्टामा प्रति ३० दशमलव ४१ घण्टाभित्र यहाँका एक महिला तथा बालिका बलात्कार हुने गरेका छन्, जुन डरलाग्दो तथ्यांक हो। यो अझ बढ्दो क्रममा रहेकाले यसले सामाजिक अपराध बढाउने महिला अधिकारकर्मीहरू बताउँछन्।

२०७६ भदौ १ गते ७:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: