A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकाले बलात्कारीलाई खुकुरी हानेपछि खुल्यो कर्तुत

झापाको बुद्धशान्ति गाउँपालिकामा बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरेकी छिन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले १३ वर्षीया बालिकालाई बलात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन्।घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ।  बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडितले बालिकाको भनाइ छ । गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ । ‘जहिले पनि मार्छु भन्दै धम्क्याएर जबरजस्ती गथ्र्यो’, बालिकाले भनिन् । बाबुआमालाई मारिदेला भन्ने डरले गुरुङले आफूमाथि गरेको ज्यादतीबारे कसैलाई सुनाउन नसकेको उनको भनाइ  छ ।‘अति भएपछि भाउजूलाई भनें त्यसपछि सबैलाई थाहा भयो’, बालिकाले भनिन् ।  बालिकाले नातामा भाउजू पर्नेलाई घटनाको बारेमा भनेपछि स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएका थिए । पीडकले बालिकालाई घरको कोठा, खेतबारी जहाँ भेटेपनि यौन दुर्व्यवहार गर्ने गरेको बालिकाले जानकारी दिइन् । पछिल्लो पटक घरको कोठामै लडाएर मुख थुन्दै बलात्कार गर्न सुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको सुनाइन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उनले बाहिर भने लडेर घाइते भएको भन्दै आएको स्थानीय सुजन भण्डारीले बताए । ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,ु बालिका भन्छिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’।ु पटक(पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनको भनाइ छ । गुरुङले बालिकाका साथीसँग पनि यौन सम्पर्क राख्नका लागि मिलाइदिन भन्ने गरेको  बालिकाले खुलासा गरिन् । ‘गाउँका साथीहरुको नाम लिँदै उनीहरुसँग पनि यस्तै गर्न मिलाइ देन भन्थ्यो’, बालिका भन्छिन् । आरोपित गुरुङले भने बालिकालाई मुख थुनेर लडाएको तर बलात्कार नगरेको भन्दै आएको प्रहरीको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

२०७६ साउन २९ गते १:२३ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: