A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१४ वर्षीया बालिकालाई जवर्जस्ती गरेको आरोपमा ६९ वर्षीय वृद्धा पक्राउ

१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिमका ६९ वर्षीय वृद्ध पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । दमाइले शरीरका संवेदनशील अंगमा हात लगाउने साथै यौन दुव्र्यवहार गरेको पीडितको उजुरी छ । दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लिएर दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पीडित पक्षको दावी छ । पीडितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ गरेका दमाइलाई जवरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरी हिरासतमा राखिएको डिएसपी खड्काले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ।

२०७६ पुष १२ गते ७:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: