A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4hm8pst171d9n2dijmrascalnari3864): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकालाई अक्षर चिनाउन साक्षरता कक्षा

गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ। तर नुवाकोटको बेल्कोटगढी नगरपालिका–१० पोखरीमा रहेको वरदवी आधारभुत विद्यालयले भने नेपाली भाषाका अक्षरमा बालबालिकालाई नजिक बनाउन ‘साक्षरता कक्षा’ सञ्चालन गरेको छ। बालबालिकामा पढ्ने सीप र क्षमताको विकास गर्न १ र २ कक्षामा ‘साक्षरता कक्षा’ सञ्चालन गरिकएको हो। उक्त कक्षा सञ्चालन गर्न दुबै कक्षामा फरक/फरक भाषा शिक्षिका रहेका छन्। यो कक्षाबाट बालबालिकाले छिटो र राम्रो सिक्ने भएकोले शिक्षकलाईसमेत सजिलो भएको बताइएको छ। ‘मैले पढाउन थालेको १० वर्ष भयो। योभन्दा पहिले जति कराएर सिकाए पनि बालबालिकाले जान्दैन थिए। आफ्नो पेशाप्रति नै दिक्क लाग्थ्यो,’ कक्षा २ की भाषा शिक्षिका सलिना मिजारले भनिन्, ‘साना बालबालिकालाई त्यसमा पनि नेपाली पढाउन के गाह्रो हुन्छ र भन्ने लाग्छ, तर त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। बालबालिकाहरू प्रायः खेल्न रुचाउछन्। उनीहरूलाई जबरजस्ती कोठाभित्र राखेर सिकाउन खोज्दा गाह्रो थियो। अहिले त बालबालिका आफै रमाउने गरेका छन्।’सारक्षता कक्षा सञ्चालन भएपछि अक्षर चिन्न र लेख्न सक्ने भएको कक्षा १ की भाषा शिक्षिका अप्सरा बस्नेतले बताइन। यो विद्यालयमा गत वर्षदेखि साक्षरता कक्षा सञ्चालन भइरहेको छ। उक्त कक्षा सञ्चालनपछि विद्यार्थीको शैक्षिक स्तरमा वृद्धि भएपछि निजि विद्यालयमा जाने विद्यार्थीसमेत उक्त विद्यालयमा आउने गरेको बताइएको छ।

२०७६ पुष १६ गते ८:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: