A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अभिभावकसँगै कैद

 उनी ६ वर्षकी भइन् । यो उमेरमा अरु बालबालिका विद्यालय जान थाल्ने भए पनि उनले अहिलेसम्म कापीकलम देख्न पाएकी छैनन् । सल्यान बाग्चौर नगरपालिका–७ कोटबाराकी चेतना रावत अभिभावकको गल्तीका कारण उनीहरूसँगै जिल्ला कारागारमा कैद छिन् । कारागारमा आमाबुबासँगै ४ वर्षीया बहिनी वर्षा र १ वर्ष ४ महिनाका भाइ हिक्मत पनि कैद छन् । अभिभावकले गरेको गल्तीले चेतनासहित ४ बालबालिका जिल्ला कारागारमा कैद भएका हुन् । बाग्चौर नगरपालिका–१२ बाफुखोलाका ९ महिने दीपेश डाँगी पनि कारागारमा छन् । उनीहरू लामो समयदेखि आधारभूत अधिकारबाट समेत वञ्चित छन् । चेतना, वर्षा र हिक्मत बहुविवाहमा कैद सजाय भुक्तान गर्दै आइरहेका टेकबहादुर र गंगा रावतका सन्तान हुन् । सोही मुद्दामा थुनिएका दिलमाया र लोकबहादुर डाँगीका छोरा हुन्, दीपेश ।दुई वर्षभन्दा माथिका बालबालिकालाई जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था छ । तर, अभिभावकलाई छोड्न नमान्दा र आफन्तले लिन नआउँदा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कैद हुनुपर्दा बालबालिका घुमफिर, पठनपाठन, खेलकुद र मनोरञ्जनलगायत सुविधाबाट वञ्चित छन् । उनीहरूले इच्छा अनुसार खानसमेत पाउँदैनन् । गंगाका २ छोरीलाई घर लैजान मिल्ने भए पनि आफन्तले लिन नआएको कारागारका सूचना अधिकारी केशवराज न्यौपानेले बताए । बालबालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसअघि कारागारमा रहेका ४ बालबालिकालाई केन्द्रीय बालकल्याण समितिको जिम्मा लगाइएको थियो । कारागारमै बच्चा जन्मिएपछि दिलमायालाई ३ महिना सुत्केरी बिदा दिएर कारागार बाहिरको घरमा राखिएको थियो । उनी ५ महिनादेखि जेलमा बस्दै आएकी छन् । रिहा हुन तीन महिना मात्र बाँकी रहेकाले सन्तानलाई कारागारमा सँगै राखिरहेको डाँगीले जानकारी दिइन् । जेठी पत्नी इन्द्राले दिएको उजुरीका आधारमा प्रहरीले डाँगी दम्पतीविरुद्ध मुद्दा चलाएको थियो । गत कात्तिक २४ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका टेकबहादुर दम्पती २०७८ वैशाख ५ गते रिहा हुने कारागार प्रशासनले जनाएको छ । लोकबहादुर दम्पती आगामी वैशाखमा कारागारबाट छुट्नेछन्।

२०७६ पुष १७ गते १२:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: