A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुर्गमको स्कुलमा बस सेवा

विद्यालय पुग्न र घर फर्किन सास्ती खेपीरहेका माण्डवी मावि नयाँगाउँ प्यूठानका बालवालिकाको दैनिकी फेरिने भएको छ। बालबालिकालाई आउजाउका लागि विद्यालयले स्कुल बस सञ्चालन गर्न थालेपछि सहज हुने भएको हो। गाउँमा विद्यालय नहुँदा दुई/तीन घण्टा पैदल हिडेर ओहोरदोहोर गर्नुपर्ने कलिला बालबालिकाको शिक्षाका लागि बस सेवा प्रभावकारी हुने बिश्वास गरिएको छ। माण्डवी गाउँपालिकाबाट विनियोजित २० लाख र तिहारमा देउसी भैलोबाट जुटेको १० लाख गरी ३० लाख रुपैयाँमा स्कुल बस खरिद गर्न थालिएको हो। विद्यार्थीको कष्टपूर्ण दैनिकी देखेपछि माण्डवी गाउँपालिकाले मंसीर १८ गतेको कार्यपालिका बैठकबाट बजेट विनियोजन गरेको हो। ‘स्थानीय सरकार सञ्चालनमा छ’, गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले भने, ‘कलिला बालबालिकाको दुःख हेरेर कसरी बस्नु  ? शैक्षिक क्षेत्रमा गरिएको लगानीले समग्र गाउँपालिकाको समृद्धिमा मद्दत पुग्ने उनको भनाइ छ। बालबालिकालाई शिक्षामा सहज पहुँच पु¥याउन स्कुल बस ल्याउन पहल थालिएको उनले जानकारी दिए। स्कुल बस ल्याउने वर्षौदेखिको पहल यसवर्ष पुरा भएको प्रधानाध्यापक मेघराज पौडेलले बताए। ‘बस नहुँदा बालबालिकाले धेरै दुःख पाएका थिए’, उनले भने, ‘गाउँपालिका र अभिभावकको साथले हामी यसपाली सफल भएका छौं।’ शैक्षिक क्षेत्रको विकासका लागि निर्वाचित जनप्रतिनिधिको सकरात्मक अभ्यासले सिंगो विद्यालय परिवारलाई उत्साहित बनाएको उनले सुनाए। बस नहुँदा थक्लेनी र सिमलचौरका विद्यार्थीले धेरै कष्ट पाएका थिए। त्यस्तै कुमालटार, धाइरेचौर, खलावाङ, मार्सीवाङ, नर्सु, चकचके, देविस्थान र बालीखोलाका बालबालिका घन्टौं पैदल हिडेर आउजाउ गर्दै आएका छन्। थक्लेनी र सिमलचौरका बालबालिकालाई दैनिक २४ किलोमिटर पैदल हिड्नुपर्ने बाध्यता छ।

बस सञ्चालनमा आएपछि पैदल हिडेर स्कुल पुग्ने झण्डै चारसय विद्यार्थी लाभान्वित हुने छन्। ४० सिटे बसले विद्यार्थीलाई तीन÷चार पटक ल्याउने, लैजाने गर्ने बताइएको छ। बस खरिदको सम्पूर्ण जिम्मा विद्यालयलाई दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी गराए। ‘गाउँपालिकाको समपुरकबाट बजेट विनियोजन भएको हो’, उनले भने, ‘विद्यालयको योगदानलाई हेरेर बजेट विनियोजनमा प्राथमिकता दिइएको छ।’बस खरिद गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय, गाउँपालिका र शिक्षा विकास तथा सम्वन्य इकाइको सिफारिसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव स्तरीय बैठकले भन्सार छुटका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ। वि.सं २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म पढाई हुने गरेको छ। हाल यस स्कुलमा ९ सय विद्यार्थी अध्ययनरत छन्। बस सेवा नहुँदा स्कुल आउजाउ गर्न समस्या परेमा बालबालिकाका बारेमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएको थियो।

२०७६ पुष १६ गते १०:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: