A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घर भत्किँदा बालकको मृत्यु, आमा घाइते

डडेल्धुराको नवदुर्गामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् । नवदुर्गा गाउँपालिका १ ओली गाउँका यज्ञबहादुर ओलीको घर भत्किँदा उनका दुई वर्षीय छोरा किरण ओलीको मृत्यु भएको हो । आइतबार दिउँसो एक्‍कासी दुई कोठे कच्ची घर भत्किँदा च्यापिएर किरणको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घर भत्किदा केशवकी ३५ वर्षीया श्रीमती तारादेवी ओली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख विरेन्द्रबहादुर बोहराले जानकारी दिए। गम्भीर घाइते तारादेवीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । बालकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

२०७६ पुष १४ गते १:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: