समाचारमा बालबालिका

सौतेनी छोरीको हत्या गर्ने बाबु पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीका ३० वर्षीय इन्द्र चुनारालाई प्रहरीले चार वर्षीय छोरीको हत्याको आरोपमा सोमबार पक्राउ गरेको छ। चार वर्षीय सौतेनी छोरी शुशिलाको हत्याको आरोपमा चुनारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर चन्दले बताए। बालिकाको कुटपिट गरी हत्या गरिएको उनले बताए। बालिकाको शव महाकाली अस्पताल भीमदत्तनगरमा परीक्षणका लागि राखिएको छ।

२०७६ पुष १४ गते प्रकाशित