A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3ns255tjs4fm1anu999sscvnamtc2vt6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल स्वास्थ्य कार्डको महत्व बुझ्दै अभिभावक

गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका प्रमोदकुमार तितुङको बच्चा १६ महिना पूरा भइसकेको छ । उनले बच्चालाई लगाउनुपर्ने सबै खोप लगाइसके । बच्चाले पूर्ण खोप पाएसँगै विभिन्न रोगबाट बच्नेमा उनी ढुक्क छन् । उनले आफ्नो बच्चाको स्वास्थ्य अवस्थाबारे बाल स्वास्थ्य कार्डबाट थाहा पाएको बताए । ‘बच्चाको नियमित जाँच गर्न तथा खोप लगाउन परिवारका अरू सदस्य पनि जान्छन्,’ उनले भने, ‘यो कार्ड हेरेपछि बच्चाको अवस्था थाहा हुन्छ ।’बच्चाको जन्मदर्ता गर्नसमेत यसले सहयोग पुर्‍याएको उनले सुनाए । धुन्चेकै सविता तामाङलाई कार्डले स्वास्थ्यकर्मी र आफूलाई उत्तिकै सहयोग पुगेको बताइन् । ‘खोप लगाउने बेलामा यो कार्ड बोकेर जान्छु,’ उनले भनिन्, ‘यसमा हेरेपछि स्वास्थ्यकर्मीलाई सजिलो हुने रहेछ । आफूलाई पनि खोप लगाउन कहिले जानुपर्ने हो र बच्चाको अवस्था के छ भन्नेबारे थाहा पाउन मद्दत मिलेको छ ।’ जिल्लाको उत्तरगया गाउँपालिका–४ का लीलानाथ न्यौपानेले पनि कार्डकोे महत्व बुझेर प्रयोग गरिरहेको बताए । ‘सुरुमा खोप लगाउने बेलामा एउटा कार्ड बनाएर दिएको थियो,’ उनले भने, ‘अहिले पनि यो कार्ड सुरक्षित राखेको छु ।’यो खोप कार्ड मात्र नभएको बुझेको बताउँदै उनले यसमा बच्चाको वृद्धि विकास कसरी हुन्छ रु बच्चा कुपोषित छ कि छैन रु तौल कति छ रु बढ्नुपर्ने हिसाबले उचाइ बढ्यो कि बढेन रु भनेर थाहा पाएको बताए । धुन्चेकी सुनिता गुरुङले बाल स्वास्थ्य कार्डले बच्चालाई स्कुलमा भर्ना गर्न सहयोग पुर्‍याएको बताइन् । बाल स्वास्थ्य कार्डको महत्वबारे नबुझ्दा पहिले खोप कार्डको रूपमा मात्रै लिने गरिएको भए पनि अहिले अभिभावक यसप्रति सचेत हुँदै गएका छन् । सुरुमा कार्डले बच्चाको अवस्थाबारे दर्साउँछन् भन्ने थाहा नभएको गुरुङले बताइन् । बाल स्वास्थ्य कार्डमा खोप लगाएको र तौल लिएको विवरण समावेश गरिएको हुन्छ । जसकारण बच्चा कुपोषित हो कि कुपोषित हो भन्ने कुराको जानकारी पाउन सकिन्छ । बाल स्वास्थ्य कार्ड सुरक्षित रूपमा राख्नुपर्ने र मासिक तौल लिन जाँदा कार्ड लिएर जानुपर्ने महिला स्वास्थ्य स्वयंसेविका अञ्जिता तामाङले बताइन् । विद्यालय भर्ना गर्दा तथा विदेश जानका लागि स्वास्थ्य जाँच गर्दासमेत यसको आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

२०७५ माघ १९ गते ८:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: