A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीको गुनासो- ‘सार्वजनिक बसले चढाउनै मान्दैनन्

धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालयमा बालबालिकाले नगरप्रमुखसँग प्रश्न गर्ने कार्यक्रम चलिरहेको थियो । नगरपालिका आफैंले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी’ कार्यक्रममा सहभागी उक्त विद्यालयको बाल क्लबकी अध्यक्ष प्रशंसा श्रेष्ठले प्रश्न गरिन्, ‘नगरका सबै विद्यालय बालमैत्री छन् त मेयर सा’प रु बालमैत्री बनाउन तपाईंका योजना के–के छन् रु’ जवाफमा नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सन् २०२० भित्र नगरलाई बालमैत्री घोषणा गर्ने योजना रहेको जानकारी दिए । ‘बालमैत्री घोषणा हुन ३९ वटा सूचक पूरा गर्नुपर्छ, १० नं वडा घोषणा भइसकेको छ, फागुन ५ गते ५ वटा वडा घोषणा गर्ने तयारी छ,’ नगरप्रमुख व्याञ्जुले भने, ‘विद्यालयलगायत सबै संरचना बालमैत्री हुन्छन्, तपाईंहरूको अपेक्षा पूरा हुन्छ । बालबालिकासँग सरोकार राख्ने नीति, योजना, कार्यक्रम, बजेटबाट जानकारी दिने र आगामी दिनका लागि सुझाव लिने उद्देश्यले आयोजित अन्तरक्रियामा बालबालिकाले आफ्ना समस्या र जिज्ञासा खुलेरै राखे । कक्षा ८ मा अध्ययनरत कृपा राउतले विद्यालय बसको व्यवस्था नहुँदा टाढाबाट आउने विद्यार्थीको पहिलो कक्षा छुट्ने गरेको बताइन् । ‘म दैनिक बनेपाबाट आउँछु, विद्यार्थी भनेपछि सार्वजनिक बसले चढाउनै मान्दैनन्,’ कृपाले गुनासो गरिन्, ‘टाढाटाढाबाट आउने विद्यार्थी साथी हुनुहुन्छ, स्कुलको बस नहुँदा समस्या भइरहेको छ ।’ प्रधानाध्यापक लोकेन्द्र ढकालका अनुसार, बनेपा आसपासका क्षेत्रबाट दैनिक दुई सय विद्यार्थी पढ्न धुलिखेल आउँछन् । दैनिक २ घण्टा हिँडेर विद्यालय आउने विद्यार्थी पनि छन् । गुनासो सुनेपछि प्रमुख व्याञ्जुले विद्यालय बससेवा छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाए । विद्यार्थीहरूले नगरपालिकाले बनाएको प्रश्नपत्रको गुणस्तर नभएको, त्रुटि भेटिएको, संगीत र नृत्य सिक्न चाहे पनि व्यवस्था नभएको, खेलमैदान, खेल प्रशिक्षण अभाव भएको गुनासो गरेका थिए । छात्रा रिया फुँयालले सामुदायिक विद्यालयको लागि कति बजेट छुट्याउनुभएको छ भन्दै प्रश्न गरिन् । कक्षा ८ की सुशीला हुमागाईंले छात्रवृत्तिको व्यवस्थाबारे जिज्ञासा राखिन् । नगरप्रमुख व्याञ्जुले विद्यार्थीका चाहना, समस्या उनीहरूबाटै सुनौं भनेर कार्यक्रम सुरुवात गरेको जानकारी दिँदै सबै विद्यालयमा कार्यक्रम विस्तार गरिने बताए ।‘शिक्षक, अभिभावक, सरोकारवाला विज्ञको कुरामात्रै सुनिने तर विद्यार्थीको समस्या सुनिने गरेको थिएन,’ व्याञ्जुले भने, ‘शिक्षा क्षेत्रमा १७ करोड लगानी भएकाले नगरपालिकाले नयाँ–नयाँ कार्यक्रम ल्याउनेछ ।

२०७६ माघ १० गते ८:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: