A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हटेन बालविवाह : २० वर्ष नपुग्दै दुई छोराछोरी

भर्खर २० वर्ष पुग्दै गरेकी अनिता घर्तीमगरका काखमा दुई छोराछोरी छन् । चार र डेढ वर्षका छोराछोरी बोकेरै हिँड्छिन् । माथागढी गाउँपालिका–६, गोठादीकी उनलाई यति छिटो आमा बनेकामा अहिले असहज लागिरहेको छ । त्यसैले उनलाई छिटो विवाह गरेकामा पछुतो लागेको हो । कक्षा १० पढ्दापढ्दै उनले विवाह रोजेकी हुन् । ‘लहलहैमा लागेर भागेर विवाह गरियो,’ माथागढी–४, झडेवा स्वास्थ्यचौकीमा भेटिएकी उनले भनिन्, ‘अहिले बल्ल छिट्टै विवाह गरिएछ भन्ने भएको छ ।’माथागढी–५, हात्तीलुङ दमारकी सरिता रेश्मीमगरले पनि कलिलो उमेरमै विवाह रोजिन् । उनको काखमा यतिबेला दुई वर्षको छोरा छ । १८ वर्ष नपुग्दै विवाह गरेकी उनले अहिले भने छिट्टै विवाह गर्दाका बेफाइदा बुझ्न थालेकी छन् । साथीभाइको लहलहै र आफ्नै बुद्धि नपुगेर विवाह गरेको उनले सुनाइन् । झडेवा स्वास्थ्य चौकीमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले राखेको स्थायी बन्ध्याकरण शिविर तथा एकीकृत परिवार नियोजन शिविरमा पुगेकी उनले भनिन्, ‘मैले त विवाह गरें, अरूले यसरी छिटो नगरुन् ।’ यी केही उदाहरण हुन् । माथागढी गाउँपालिकाको झडेवा, रुप्से, कसेनी, गोठादी, हात्तीलुङ, रहवास, बहादुरपुर लगायत वडामा अझै पनि बालविवाहको समस्या छ । उनीहरू कक्षा ८ पछि नै विवाह गर्ने गर्छन् । यहाँ मागीभन्दा पनि भागी विवाह कायम छ । मगर समुदायकाले परम्परागत रूपमा भागी विवाह गर्ने गर्छन् । अधिकांश किशोरकिशोरी पढ्दापढ्दै विवाह रोज्छन् । देखासिकी, साथीभाइको लहलहैमा लागेर उनीहरूले विवाह गर्ने गरेका हुन् । सानैमा विवाह गर्ने र बच्चासमेत छिट्टै पाउने गरेको झडेवा स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी किरण जीसीले बताइन् । ‘धेरैलाई हामीले किन छिटो विवाह गरेको भनेर सोध्ने गर्छौं,’ उनले भनिन्, ‘सानो उमेरमा विवाह गर्दा र बच्चा जन्माउँदाका बेफाइदाका विषयमा सचेत पनि गराइरहन्छौं ।’

जिल्लामै बालविवाह बढी छ । मगर समुदायमा यो समस्या अझ बढी छ । किशोरकिशोरीले सानै उमेरमा विवाह गरेपछि पढाइमा समेत असर परेको छ । घरपरिवारको अनुमतिबिना नै किशोरकिशोरीले विवाह गर्छन् । माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले गाउँपालिकाका अधिकांश वडामा बालविवाहको समस्या रहेको बताए । मगर समुदायमा बालविवाह अधिक भएको तथ्यांकमै देखिएकाले त्यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए । ‘हामीले गाउँपालिकामा बालविवाहको तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने । सही तथ्यांक आइसकेपछि यसलाई निर्मुल पार्न अभियान नै चलाउने उनले बताए । ‘दुई वर्षअघि नै बालविवाह भएको भोजमा जनप्रतिनिधि तथा कर्मचारी सहभागी नहुने निर्णय गरिसकेका छौं,’ उनले भने, ‘पछिल्लो दुई वर्षयता बालबालिका तथा महिलाको बजेटबाट यस्ता विषयमा सचेतनाका कार्यक्रम गरेका छौं ।’ झडेवाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधु पराजुलीका अनुसार स्थानीय जनप्रतिनिधि निर्वाचित भइसकेपछि सचेतनाका कार्यक्रम भइरहेको छ । त्यसैले पहिलाजस्तो अहिले नभएको उनले बताए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बालविवाहका विषयमा धेरै वर्षदेखि नै आवाज उठ्दै आएको बताए । उनले सानै उमेरमा गरिने विवाहले छिटो बच्चा जन्मिने र मातृ मृत्युदर एवं शिशु मृत्युदरमा कमी आउन नसकेको बताए । अधिकांश विवाह गरेर वैदेशिक रोजगारमा हिँड्ने गर्छन् । बालविवाह हुने र कलिलो उमेरमै बच्चा जन्माउने दर पनि माथागढीमा बढी छ । गाउँपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले स्थायी तथा अस्थायी बन्ध्याकरण शिविर राखेको छ । शिविरमा ४३ जना महिला सेवाग्राहीले लामो समयको अस्थायी साधनको सेवा लिए । उमेर नपुगेका आठ जना किशोरीले सेवा लिएका छन् । उनीहरू २० वर्ष नपुग्दै सेवा लिन आएका हुन् । कतिपयले २० वर्ष नपुग्दै दुई छोराछोरी लिएर आएको पनि भेटिएको उनले बताए ।यौन र प्रजनन शिक्षाको कमी, सामाजिक र सांस्कृतिक कारणले गर्दा पनि उमेर नपुगी विवाह गर्ने र बच्चा जन्माउने गरेको हुन सक्ने परिवार नियोजन संघका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले बताए । सानो उमेरमा गर्भधारण हुँदा महिलाहरूमा आङ खस्ने, पाठेघर खस्नेजस्ता रोग छिटो लाग्ने गर्छ । स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर प्रभास पन्थीले बालविवाह न्यूनीकरणका लागि स्थानीय तहले यसको अगुवाइ गर्नुपर्ने बताए । उनले स्वास्थ्य कार्यालयभन्दा पनि स्थानीय सरकारबाट नै यसका लागि पहल थालियो भने प्रभावकारी हुने बताए । स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो वर्ष पाँच वर्षमुनिका ५३ शिशुको मृत्यु भएको थियो । यस वर्षको पहिलो चौमासिकमा १२ जना शिशुको मृत्यु भइसकेको छ । कलिलो उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गर्दा पनि यस्तो समस्या आउने गरेको छ । सरकारले पछिल्लो समयमा अभिभावकको मन्जुरीमा केटा र केटी दुवैको उमेर २० वर्ष नपुगी विवाह गर्नु नै बालविवाह भनी उल्लेख गरेको छ ।

२०७६ माघ १४ गते ९:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: