A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारपछि ११ वर्षीया बालिका हत्या प्रकरण : दुई अभियुक्तलाई आजीवन कैद सजाय

११ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गर्ने दुई अभियुक्तलाई जिल्ला अदालत मोरङले आजीवन (बाँचुन्जेल) काराबास सजाय हुने फैसला गरेको छ । एक वर्षअघि विराटनगर महानगरपालिका ८ की  ११ वर्षीया बालिका रूपमती दासको बलात्कारपछि हत्या भएको थियो । बालिकालाई अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गर्र्ने सोही ठाउँका २५ वर्षीय अब्बास अन्सारी र १९ वर्षीय चन्दु महतोलाई बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काले बाँचुन्जेल कैद सजाय हुने फैसला सुनाएका हुन् ।अदालतले पीडित परिवारलाई ५ लाख क्षतिपूर्ति भराउन पनि फैसाल गरेको छ । हाल पुर्पक्षका लागि हिरातसमा रहेका दुवै अभियुक्तले फौजदारी अपराध संहिता ०७४ को दफा ४१ र दफा १७७ को उपदफा २ अनुसार जीवित रहेसम्म जेलमा बस्नुपर्ने फैसला अदालतले गरेको छ । अभियुक्त अब्बास र महतोले  १२ माघ ०७५ मा छिमेकमा साँझ टिभी हेर्न गएकी बालिकालाई अपहरण गरी मुख थुनेर सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । अपहरणको भोलिपल्ट बालिकाको शव घरनजिकैको सिंघिया खोलाको किनारमा नग्न अवस्थामा फेला परेको थियो । मोरङ प्रहरी र प्रदेश अनुसन्धान ब्युरोले १७ दिन लामो अनुसन्धापछि उनीहरूलाई पक्राउ गरेको थियो । अब्बास र महतोविरुद्ध प्रहरीले अदालतमा जबरस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको थियो ।

२०७६ माघ १७ गते ६:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: