A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7dtpulpsimkrnb9i8clbt29jdh8stqdo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुले बालिका आत्मरक्षाको सीप सिक्दै

कैलालीको धनगढी उपमहानगरपालिकाको दुर्गम मानिने उर्माको पथरी गाउँकी निर्मला कुमारी चौधरी १४ वर्षकी भइन्। स्थानीय भानु माविमा कक्षा ९ मा अध्ययनरत उनी, हरेक दिन विहान ७ बजे विद्यालयको प्रांगणमा हुने ुसेल्फ डिफेन्सु (आत्मरक्षा) तालिममा सहभागी हुन्छिन्। उनले व्यवहारिक कक्षा र शारीरिक व्यायाम गरी पाँच दिनको तालिम लिइसकेकी छिन् । बालिका माथि हुने हिंसालाई बाहिर ल्याउन र गाउँघरमा अरुलाई यसबारे जानकारी दिनका लागि मैले तालिम लिन सुरु गरेकी हुँ,उनले भनिन्। उनले व्यवहारिक कक्षामा हिंसा के हो रु हिंसाको सुरुवात कसरी हुन्छ रु शारीरिकरुपमै आक्रमण गर्नेलाई कसरी प्रतिकार गर्ने रु र बलात्कारसम्मको अवस्थाबाट कसरी जोगिने भन्ने कुराहरु सिकेकी छिन । हामीहरु, कसैले सामान्य जिस्काएमा सुने नसुने जस्तो गरिहिंड्थ्यौं, त्यसो गरेमा जिस्काउने मान्छेको मनोबल बढ्दो रहेछ, सुरुमै कसरी प्रतिकार गरी हाल्नुपर्दो रहेछ, आफूले सिकेको कुरा बताउँदै निर्मलाले भनिन्। उनी कञ्चनपुरको बालिका निर्मला पन्तले यस्तो कुरा सिकेको भए उनी बलात्कार पछि हत्याको शिकार नहुने बताउँछिन। भन्छिन्, निर्मला दिदीले यत्तिको शारीरिक र व्यवहारिक ज्ञान पाएको भए उनले बलात्कारको शिकार हुँदैनथिइन। निर्मलाको मनमा अबजस्तो सुकै हिंसाको अवस्था आएपनि आफू सुरक्षित हुने आत्मविश्वास जागेको छ । ुभौतिक रुपमा हिंसा गर्नेलाई प्रतिकार गर्ने तरिका पनि सिके, किक, पञ्ज पनि सिके, कसैले हात समात्यो भने कसरी छुटाउने भन्ने कुरा पनि सिके,ु उनले भनिन्। निर्मला मात्रै होइन, भानु मावि पथरीका कक्षा ९ र १० का एक सय भन्दा बढी बालिकाले आत्मरक्षा तालिम लिएका छन् । तालिम पूर्व कसैसँग आँखा जुधाएर बोल्न पनि डर लाग्थ्यो, तर तालिम पाएपछि त्यो डर हटेर गएको छ,अर्की बालिका पुष्पा चौधरीले भनिन्। 

कक्षामा केटा साथीहरुबाट, बाटोमा हिँड्ने मानिसबाट, बजारमा जाने बेलामा हुने हिंसालाई हामीहरु सामान्य मानिरहेका हुन्थ्यौं तर अहिले थाहा भयो की ती हिंसाबाट नै बलात्कारसम्मको घटना हुने रहेछन्, पुष्पाले भनिन्। पुष्पाले, आफूमाथि हुने हिंसाका कुरा यसअघि कहिल्यै पनि आमा बुबालाई नबताएको बताइन । ुबा(आमालाई भने आफ्नै लाज हुन्छ भन्ने लाग्थ्यो, तर आफूमाथि भएका कुरा बुवा आमालाई बताउनुपर्दो रहेछ,ु पुष्पाले भनिन्। अहिले जुनसुकै कुरा पनि बुवा( आमालाई ुसेयरु गर्न अप्ठेरो लाग्दैन ।कैलालीकै घोडाघोडी नगरपालिकाको पनि दुर्गम मानिने रामसिखरझालाको कालिका माविमा कक्षा ९ मा अध्ययनरत छात्रा मनिसा भुलले पनि आत्मरक्षा तालिम पछि आफूहरुमा हिंसाबाट जोगिने आत्मविश्वास आएको बताइन्। कसैको आँखा जुधाइ, अनी नजिक आएर हात समाउने कुरा बलात्कार वा यौन हिंसासम्म पुग्दो रहेछ, हामी त कसैले जिस्कायो भने पनि सामान्य रुपमा लिएर आफ्नो बाटो हिड्ने गथ्यौं, तर तालिम पछि सुरुमै प्रतिकार गरिहाल्नुपर्दो रहेछ भन्ने थाहा भयो,ु मनिसाले भनिन्। कालिमा माविका कक्षा ९ र १० का ४२ जना बालिकाले आत्मरक्षा तालिम लिएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार पछि हत्याको घटना भएपछि कैलालीका गाउँगाउँमा पनि आत्मरक्षा तालिमको सुरुवात गरिएको हो । त्यतीबेला, धनगढीमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको आत्मरक्षा तालिम पछि अहिले स्थानीय सरकार, स्थानीय गैरसरकारी संस्थाहरुले पनि गाउँ गाउँमा बालिकाहरुलाई हिंसाबाट जोगाउन आत्मरक्षा तालिमको आयोजना गर्दै आएका छन ।शिक्षाको क्षेत्रका काम गर्ने गैर सरकारी संस्था मर्सिकोर नेपाल कैलाली र बेश नेपालले मात्रै कैलालीका ६ वटा स्थानीय तहका ३० विद्यालयका चार हजार दुई सय बालिकालाई आत्मरक्षा तालिम दिएका छन् । ुसहरभन्दा गाउँमा बालिकामाथि हिंसाका घटना बढेको रिपोर्ट देखिएपछि विद्यालयमा गएर तालिम सञ्चालन गरिएको मर्सिकोर नेपाल कैलालीकी सहायक परियोजना व्यवस्थापक पुनीता चौधरीले बताइन्।आत्मरक्षा तालिमपछि बालबालिकामा बेग्लै उत्साह आएको घोडाघोडी नगरपालिकाको कालिका माविका प्रधानाध्यापक हर्क बहादुर बुढाले बताए ।

२०७६ माघ १० गते १२:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: