समाचारमा बालबालिका

बालबालिकाले रोके बालविवाह

दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ मा एक १५ वर्षीया बालिकाको विवाह रोकिएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुरस्थित शंकरपुर बाल क्लबले उमेर नपुगि गर्न लागिएको विवाह रोक्न मालिकार्जुन गाउँपालिकालाई निवेदन दिएपछि उक्त विवाह रोकिएको हो । मालिकार्जुन गाउँपालिका ८ एक्लेखाली बस्ने रामसिंह धामी र हरिना धामीकी १५ वर्षीया छोरीको महाकाली नगरपालिका ९ सकारका एक १६ वर्षीय किशोरबीच हुन लागेको विवाह बालबालिकाले आइतबार रोकिदिएका हुन्।गाउँपालिकाले किशोरीका अभिभावकलाई बोलाइ सम्झाइ बुझा गरी विवाह रोकेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयसिंह धामीले बताए । उनले भने,यसै साता हुन लागेको विवाह रोकेका छौँ । बाल विवाह रोक्न विभिन्न कार्यक्रम गरेपनि यसको प्रभाव परेको छैन।ुमालिकार्जुन गोपालिका भित्रका सम्पूर्ण विधालयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले विभिन्न सचेतनामुलक कार्यक्रम  गर्दै आएको छ। पालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउन मालिकार्जुन गाउँपालिका लागिपरेको स्थानी रणनीति २०७६ समेत बनाइसकेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेनद्र सिंह धामीले जानकारी दिए।

२०७६ माघ १४ गते १२:५२ मा प्रकाशित