A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रेम गर्छु भन्दै बलात्कार

उनलाई प्रेममा जबर्जस्ती हुँदैन भन्ने विश्वास थियो । तीन महिनाअघि भारतदेखि पुर्ख्यौर्ली घर आउँदा उनका छिमेकी नवीन रोकायसँग चिनजान भयो । भेट भएको एक सातामै युवकले प्रेम प्रस्ताव राखे । आफू दलित समुदायकी भएकाले विवाह सम्भव नहुने भन्दै प्रेम अस्वीकार गर्दै आइन् । परिवारले नस्वीकारे पनि म अपनाउँछु भन्दै फकाउन थाले । परिचय गाढा भएपछि घुम्न जान दबाब दिए । ‘खुला चौरमा जाऊँ भन्दा मान्थेन,’ उनले भनिन्, ‘जबर्जस्ती जंगलमा लग्यो ।’ बैजनाथकी १८ वर्षीयाले चार महिनाअघि आफूमाथि बलात्कार भएको बताइन । गाभरको जंगलमा लगेर बैजनाथ गाउँपालिका–१ का रोकायले गोप्य अंग चलाउन थाले । छि के गरेको यस्तो नगर्नु, मैले पटक–पटक इन्कार गरें,’ पीडित युवतीले भनिन्, ‘म तिमीलाई प्रेम गर्छु भन्यो ।’ नाइनास्ती गर्दा भुइँमा धकेलेर जबर्जस्ती गरेको उनले सुनाइन् । ‘टाउको भुइँमा बजारियो, शरीरमा काँडाले घोच्दासमेत छोडेन,’ उनले भनिन्, ‘माया गर्छु भन्थ्यो, जबर्जस्ती गर्‍यो ।’ महिनावारी रोकिएपछि कोहलपुर इलाका प्रहरी कार्यालयमा बिहीबार बलात्कार मुद्दा दर्ता गराएकी हुन् । इलाका प्रहरीका डीएसपी कुलदीप चन्दले मुद्दा दर्ता भएको र प्रमाण खोज्न थालिएको बताए । ‘स्वास्थ्य परीक्षणको नतिजा आउनै बाँकी छ,’ उनले भने, ‘अभियुक्त फरार छ ।’ बलात्कार खुलासा भएपछि पीडित परिवारलाई मिलापत्रका लागि दबाब आएको छ ।

२०७६ माघ १५ गते १०:३० मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: