समाचारमा बालबालिका

१४ वर्षीया बालिका बलात्कार गरेकाे अभियाेगमा एक पक्राउ

प्रहरीले १४ वर्षीया बालिकामाथि बलात्कार गरेकाे अभियाेगमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, सातदोबाटोले लुम्किचुहा नगरपालिका-२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरेको हो । वृत्तका डिएसपी मित्रबन्धु शर्माका अनुसार बालिकालाई फेसबुकमार्फत सम्पर्क गरी प्रलोभनमा पारी उनले बलात्कार गरेका हुन् । 

'उनीहरू फेसबुकमार्फत जोडिएका हुन्। बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको उजुरी आएपछि हामीले पक्राउ गरेका हौं,' शर्माले सेतोपाटीसँग भने। घटना भने असार १२ गतेको हो। कार्कीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ।

प्रकाशित मिति: आईतबार, साउन ११, २०७७, १६:५१:००